समाचार

तनहुँ कारागारबाट फरार तीन कैदीबन्दी पक्राउ

नवलपुर टुडे
२०८२ भदौ २६ | मध्यान्ह ०२:०५ बजे

दमौली । तनहुँ कारागारबाट फरार भएका मध्ये तीन कैदीबन्दी पक्राउ परेका छन् । दुई कास्की र एकजना तनहुँबाट बुधबार (भदौ २५) पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

मंगलबार (भदौ २४) राति ३२७ कैदीबन्दी यहाँबाट फरार भएका थिए । फरार भएका कैदीबन्दीको खोजतलास भइरहेको एसपी कार्कीले बताए ।

उनले भने, “केही कैदीबन्दी बाहिरभन्दा भित्रै रमाउने खालका पनि छन्, उनीहरू आफैँ सम्पर्कमा आउने सम्भावना छ । अन्यको पनि खोजी भइरहेको छ ।”

कमेन्टहरु