देश

डडेल्धुरामा वडा कार्यालयमा आगजनी

नवलपुर टुडे
२०८२ भदौ २६ | बिहान १०:०५ बजे
फाइल तस्बिर
 
डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन्। हिजो राति करिब ११ बजेतिर भएको आगलागीबाट कार्यालयका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री जलेर नष्ट भएका छन्।
 
वडा अध्यक्ष प्रेम सिंह ऐरका अनुसार आगजनी कसले गरेको हो भन्नेबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। ‘अचानक कार्यालयमा आगो लाग्दा कागजपत्रदेखि कार्यालयमा प्रयोग भइरहेका सामग्री जलेर नष्ट भए,’ उनले भने।
 
उनका अनुसार कार्यालयमा रहेका दैनिक प्रशासनिक कामका कागजात जलेर नष्ट हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएको छ। आगलागि बारे सुरक्षा निकायलाई जानकारी गराएको उनले बताए ।

कमेन्टहरु