महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

रासस
२०८२ भदौ २५ | मध्यान्ह ०१:०५ बजे

काठमाडौँ, भदौ २५। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको छ ।उहाँले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख लागेको उल्लेख गर्दै जीवन र सम्पत्तिको सुरक्षा तथा सम्मान गर्न आग्रह गर्नुभएको हो ।


















