प्रबास

स्वदेश फर्किँदै अमेरिकामा समातिएका दक्षिण कोरियाली अवैध कामदार

एजेन्सी
२०८२ भदौ २५ | मध्यान्ह १२:०५ बजे

वासिङ्टन डिसी । अमेरिकामा पक्राउ परेका दक्षिण कोरियाली अवैध आप्रवासीहरू स्वदेश फर्किने भएका छन् । जर्जिया राज्यमा रहेको ह्युन्डाईको कारखानामा छापा मार्ने क्रममा ठुलो सङ्ख्यामा दक्षिण कोरियाली अवैध आप्रवासी समातिएका थिए । स्थानीय समयअनुसार बुधवार १४ः३० बजे तिनीहरू दक्षिण कोरियाका लागि उड्ने भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ । बुधवार बिहान इन्छेओन विमानस्थलबाट चार्टर विमान उडिरहेको दक्षिण कोरियाली टेलिभिजनले प्रसारण गरेको थियो । 

बिहीबार बन्दी कामदारलाई बोकेर विमान दक्षिण कोरिया फर्किने बताइएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दक्षिण कोरियाली विदेश मन्त्री चो ह्युनलाई बुधवार बिहान ह्वाइट हाउसमा भेट्नु अघि यो खबर आएको हो । 
 
यस्ता घटना दोहोरिन नदिन अमेरिकासँग मिलेर काम गर्ने सोमबार वासिङ्टनका लागि उड्नु अघि चोले भनेका थिए । गएको हप्ता अमेरिकी अधिकारीहरूले ह्युन्डाइको ब्याट्री बनाउने कारखानामा गैर कानुनी रूपमा काम गरिरहेको ४७५ जना मानिसलाई समातेका थिए । यीमध्ये ३०० भन्दा धेरै दक्षिण कोरियाली थिए । 

कमेन्टहरु