समाचार

थाई एयरवेजसम्बन्धी भ्रामक समाचार असत्य भएको स्पष्टीकरण जारी

नवलपुर टुडे
२०८२ भदौ २५ | बिहान ०८:०५ बजे
काठमाडौं । थाई एयरवेजले हाल विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रसारित भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै ती समाचार पूर्णतः असत्य र भ्रामक रहेको स्पष्ट पारेको छc
 
एयरलाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै केही राजनीतिक व्यक्तिहरू थाई एयरवेजमार्फत देश छाड्दैछन् वा छाड्ने तयारीमा छन् भन्ने हल्ला पूर्णतः निराधार भएको बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका अफवाह र अड्कलबाजीमा कुनै पनि सत्यता छैन, कृपया यस्ता अप्रमाणित सूचनामा विश्वास नगर्नुहुन र नफैलाउन अनुरोध गर्दछौं ।’
 
सन् १९६८ देखि नेपालमा सेवा दिइरहेको थाई एयरवेजले सदैव इमानदारीपूर्वक र जिम्मेवारीका साथ नेपाली जनताप्रति आफ्नो दायित्व पूरा गर्दै आएको उल्लेख गर्दै कम्पनीले केही अनलाइन पोर्टलहरूले प्रकाशित गरेका हल्लापूर्ण समाचारहरूलाई खण्डन गरेको छ ।
थाई एयरवेजले यात्रुहरूलाई सुरक्षित, जिम्मेवार र निष्ठापूर्वक सेवा प्रदान गर्ने आफ्नो अडानलाई फेरि दोहोर्याउँदै जनतालाई भ्रामक सूचना वा प्रचारप्रति सजग रहन आग्रह गरेको छ ।

कमेन्टहरु