हिमालय एयरलाइन्सको विमान पोखरा ‘डाइभर्ट’

नवलपुर टुडे
२०८२ भदौ २४ | मध्यान्ह ०६:०५ बजे

काठमाडौं । तिब्बतको ल्हासाबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विषम परिस्थितिलगायत प्राविधिक कारणले काठमाडौं आएको हिमालयको विमान ‘डाइभर्ट’ भई पोखरामा अवतरण भएको हो ।
उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन विमानस्थल वरपर र उडान/अवतरणमार्गका विभिन्न स्थानमा देखिएको धुवाँजस्ता कारणले विमानको सुरक्षामा गम्भीर असर पर्ने देखिएकाले पोखरा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानमा चिनियाँ नागरिक रहेका जनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, तिब्बतको ल्हासाबाट काठमाडौं आएको उक्त विमान सिमरामाथिको आकाशमा लामो समय ‘होल्ड’ भएपछि पोखरा विमानस्थलमा डाइभर्ट गरिएको हो ।























