चितवन जेनजी प्रदर्शनकारीको कब्जामा, अधिकांश सरकारी कार्यालय ध्वस्त

नवलपुर टुडे
२०८२ भदौ २४ | मध्यान्ह ०४:०५ बजे

चितवन, भदौ २३। जेनजी प्रदर्शनकारीहरुले चितवन जिल्ला कब्जामा लिएका छन् ।जिल्लाको मुख्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, नापी कार्यालयलगायतका कार्यालयहरु आगजनी गरेर ध्वस्त बनाएका छन् ।


















