मानवअधिकार, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुराको कोल्टी र धुलाचौर बजार समेत जेन जी आन्दोलन शूरु


बाजुरा , भदौ २४ । देशभरि आन्दोलन भईरहँदा बाजुराको कोल्टी र धुलाचौर बजार समेत जेन जी आन्दोलन शूरु गरिएको छ । समाजिक न्याय र भ्रष्टाचार विरुद्धको आन्दोलनको ऐक्यवद्धता जनाउदै सदरमुकाम मार्तडीमा जेन जी युवा पुस्ताले प्रदर्शन गरेका हुन ।
जिल्ला सदरमुकाम मार्तडी, कोल्टी र धुलाचौर बजार समेत ठाउँमा जेन–जी का युवाहरुले हत्यारा सरकार राजिनामा दे,युवा मार्न पाइदैन,यस्तो सरकार चाहिदैन जस्ता नारा प्रदर्शन गर्दै आन्दोलन गर्नभएको हो । अहिलेको सरकारले सामाजिक सञ्जाल बन्द गरिएको र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले कु गरेको विरुद्ध जेन जी आन्दोलनमा उत्रिनु भएको हो ।
जेन जी युवाहरूले शान्तिपूर्ण आन्दोलन सहित दृढ स्वभावमा आन्दोलन जारी राख्ने बताएका छन् । अराजकता,तोडफोड वा हिंसात्मक गतिविधि नगरी कानुनी दायराभित्र रहेर बिरोध गर्ने युवा बताएका छन् ।
हालै सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि विशेषगरी विद्यार्थी र जागिर खोज्ने युवाहरू बढी प्रभावित भएका छन् । “सामाजिक सञ्जाल हाम्रो पुस्ताको आवाज उठाउने प्रमुख माध्यम हो । त्यसलाई बन्द गर्नु भनेको हाम्रो घाँटी थिच्ने प्रयास हो ।” “हामीलाई हिंसाबाट होइन, आवाजबाट परिवर्तन चाहिएको हो । त्यसैले सडकमा शान्तिपूर्ण रूपमा उपस्थित भएर अन्याय विरुद्ध बोल्छौं,” आन्दोलनमा सहभागी सबिन मल्लले बताएका छन् ।
युवाहरूले आफूहरूले भोगिरहेको वेरोजगारी, भ्रष्टाचारमा चरम लापरबाही भैईरहेका बेला आन्दोलनमा उत्रिन बाध्य भएका हौँ । जेन जी युवा समुहले स्थानीय तथा जिल्ला प्रशासनलाई औपचारिक जानकारी गराइसकेका छन् । जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्ने प्रतिवद्धता जनाएको छ ।























