देश

जेनजीले बुटवलमा घेरे एमाले पार्टी कार्यालय

नवलपुर टुडे
२०८२ भदौ २३ | मध्यान्ह ०४:०५ बजे

बुटवल । आन्दोलनरत जेनजीले बुटवलस्थित नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलत बनेका उनीहरूले बुटवलस्थित एमाले पार्टी कार्यालय घेराउ गरेका हुन् ।

स्वतःस्फुर्त प्रदर्शनमा उत्रिएका जेनजीहरूले यसअघि बुटवल उपमहानगरपालिकाको मुख्य गेट अगाडि प्रदर्शन गरेका थिए भने राजमार्ग केन्द्रित प्रदर्शन समेत गरेका थिए ।

जेनजीहरूको प्रदर्शनलाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू समेत जारी गरेको छ । सोमबार अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरिएको जानकारी दिए ।

कमेन्टहरु