समाचार

प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन

नवलपुर टुडे
२०८२ भदौ २३ | मध्यान्ह ०२:०५ बजे

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ ।सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीले मृत्युको पुष्टि गर्दै घाइते भएका ७० जनाभन्दा बढीको उपचार भइरहेको पनि जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । 

कमेन्टहरु