मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
गर्भवती महिलालाई भिडियो एक्सरे गाउँमै पाउँदा खुसी


बाजुरा , भदौ २२ । दुर्गम ठाउँका गर्भवती महिलालाई भिडियो एक्सरे सेवा गाउँमै पाउँदा खुसी भएका छन । हिमाली गाउँपालिका -६ को पाँडी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गर्भवती महिलालाई भिडियो एक्सरे र इमपालान्ट राख्ने सेवा सुबिधा गाउँमा पाउदा त्यहाँका महिला खुसी भएका छन ।
गर्भवती महिलालाई गर्भमा रहेको बच्चाको अवस्था कस्तो छ, बच्चाको धड्कन , बच्चा उल्टो वा सुल्टो र पानीको स्थिति के छ भनेर समयसमयमा चेकजाँच गर्न आउने गरेको धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र इन्चार्ज सबिना मल्लले बताउनुभयो ।
गर्भवती महिलालाई भिडियो एक्सरे संगै इम्पालान्ट राख्ने गरेका छौँ । पिल्स चक्की झन्झटिलो गर्नुभन्दा पाँच वर्षका लागि सजिलो हुन्छ भनेर इम्पालान्ट गाउँमा राख्दै आएको हो । गर्भवती महिलालाई ८ पटक स्वास्थ्य सेवा केन्द्रमा कार्ड भिजिट गर्नुपर्छ ।
गर्भवती समयमा ४ पटक भिडियो एक्सरे गरेर चेकजाँच गर्नुपर्छ । गर्भवती महिलालाई एउटा १२ हप्तामा भिडियो एक्सरे गर्नुपर्ने हुन्छ । अर्को १२-२२ हप्तामा सम्म पुग्दा डाक्टर गर्नुहुन्छ भने, २८ हप्ता, ३४ हप्ता र ३६ देखि ४० हप्तामा भिडियो एक्सरे गरेर चेकजाँच गर्नुपर्ने हुन्छ । गाउँमा आएर गर्भवती महिलालाई भिडियो एक्सरे गर्न पाउदा खुशी लागिरहेको छ ।
गाउँका दिदीबहिनी एकदमै खुशी हुनुहुन्छ । हामीहरूलाई गर्भवती चेकजाँच गर्न कोल्टी वा धुलाचौर जानुपर्ने स्थिति थियोे । अहिले स्वास्थ्य सेवा केन्द्रमा भिडियो एक्सरे गरेर फर्किन सजिलो हुँदा गर्भवती महिला खुशी भएका छन । भरखरै पाँडी गाउँमा ६ जनाको इम्पलान्ट र ८ जना गर्भवती महिलाको भिडियो एक्सरे गाउँबाट आएको स्वास्थ्यकर्मीले बताइन् ।
आफ्नो गाउँ भित्र स्वास्थ्य सेवा केन्द्र आयो । अहिले आफू लगायत गाउँकि महिला दिदीबहिनीहरुलाई गर्भवती हुँदा चेकजाँच गर्न सजिलो भएको छ । पहिला ४/५ घण्टा गाउँबाट पैदल हिडिरे कोल्टी अस्पतालमा जानुपर्ने अवस्था थियोे । अहिले गाउँमा गर्भवती महिलाको अवस्था र बच्चाको अवस्थाको भिडियो एक्सरे चेकजाँच गर्न पाएका छौँ । आफ्नो गाउँ भित्र गर्भवती महिलाको भिडियो एक्सरे गर्न पाउँदा राम्रो लाग्यो , धेरै खुशी भएको स्थानीय विमला लवारले बताउनुभयो ।























