स्वास्थ्य

धूम्रपानजन्य स्वास्थ्य समस्याबारे जनचेतनामूलक गीतसंगीत सिर्जना गर्ने अभियानमा गायक एवम् संगीतकार सुनार नियुक्त

रिदेन महर्जन
२०८२ भदौ २१ | मध्यान्ह १२:०५ बजे

काठमाडौं । नेपाली संगीत आकाशमा करिब ३०० वटा गीतमा स्वर दिइसकेका चर्चित गायक एवम् संगीतकार ओम सुनारलाई क्यान्सर काउन्सिल नेपालले धूम्रपानजन्य स्वास्थ्य समस्याबारे जनचेतनामूलक गीतसंगीत सिर्जना गर्ने अभियानमा औपचारिक रूपमा नियुक्त गरेको छ । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले हस्ताक्षर गरेको नियुक्तिपत्रमार्फत गायक सुनारलाई नियुक्त गरिएको हो ।

सो पत्रमा धुमपानका कारण उत्पन्न हुने गम्भीर स्वास्थ्य समस्याबारे जनतालाई सचेत गराउन तथा रोकथामका उपायहरू प्रवद्र्धन गर्न गायक सुनारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिएको छ । सो अभियानअन्तर्गत गीत र भिडियो निर्माणका लागि इच्छुक व्यक्तिहरू वा संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गर्नसक्ने व्यवस्था गरिएको क्यान्सर काउन्सिल नेपालले जनाएको छ । सहयोग गर्ने सबैको नाम जनचेतनामूलक भिडियोमा विशेष धन्यवादस्वरूप उल्लेख गरिनेछ ।

नियुक्ति पएपछि गायक सुनारले अवसरप्रति कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, ‘क्यान्सरजस्तो गम्भीर रोगबारे जनचेतना फैलाउन गीतसंगीतमार्फत योगदान दिने अवसर पाउनु मेरो लागि गर्वको कुरा हो । म यस अभियानमा सक्दो योगदान गर्नेछु ।’ क्यान्सर काउन्सिल नेपालले अभियानलाई सफल बनाउन संसारभरका सहयोगीहरूसँग सहकार्य गर्ने तयारी भइरहेको जानकारी गराइएको छ ।

यस्तो पत्र: 

WhatsApp Image 2025 09 06 at 12.37.52

 

कमेन्टहरु