नवलपरासीमा अबैध खसी बोकासहित पिकअप गाडी नियन्त्रणमा


नवलपरासी । पश्चिम नवलपरासीबाट अबैध रुपमा भारतबाट ल्याएको खसी बोकासहित पिकअप गाडी नियन्त्रणमा लिएको छ । ग ३ च ४५२९ नम्बरको पिकअप गाडीमा ३३ वटा खसी बोका बरामद गरिएका छन । बरामद खसी बोका मध्ये एउटा बोका गम्भीर घाईते र एउटा खसीको मृत्यु भएको अवस्थामा रहेको छ ।
सुस्ता गाउँपालिका- २ महलवारीस्थित इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी कुडियाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा बिल निजकसमेत शंकास्पद देखिएकोले सो गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम डीएसपी वीर दत्त पन्तले जानकारी दिएका छन ।

त्यस्तै गाडि चालक विनयी त्रिबेणी गाउँपालिका- २ दुम्किबास वस्ने वर्ष ३४ को विश्वास परियार र खसी बोलाको धनि पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका- ९ प्रतापपुर वस्ने वर्ष ३२ को दिपेश ठाकुरसमेतलाई पक्राउ गरिएको छ ।
बरामद खसी बोका, पिकअप, र खसी बोकाको धनी र चालकलाई इलाका प्रहरी कार्यालय बेलाटारीमार्फत शुक्रबार आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय आवश्यक थप कारबाहीको लागि बुझाएको पन्तले नवलपुर टुडेलाई जानकारी दिएको छ ।























