मेटा कम्पनी सम्पर्कमा आयो: दर्ता प्रक्रियाको जानकारी माग्यो

नवलपुर टुडे
२०८२ भदौ २० | बिहान १०:०५ बजे

काठमाडौं, भाद्र १९ । सरकारले नेपालमा आधिकारिक दर्ता नभइ सामाजिक सञ्जाल सञ्चालन नगर्ने निर्णय गरेपछि फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाले नेपाल सरकारसँग सम्पर्क गरेको छ । मेटाले सरकारसँग दर्ता प्रक्रियाबारे सोधपुछ गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेलका अनुसार दर्ता प्रक्रियामा आउन विवरण मागेको छ । उनले भने, ‘मेटाले नेपालमा दर्ता हुन के के गर्नुपर्छ, दर्ता प्रक्रियाको प्रावधान के छ भनेर विवरण मागेको छ ।’
उनले मेटाले मागेको विवरण आफूहरूले उपलब्ध गराउने बताएका छन् ।























