नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोःपरराष्ट्रमन्त्री

रासस
२०८२ भदौ १९ | मध्यान्ह ०२:०५ बजे

काठमाडौँ, भदौ १९ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताउनुभएको छ ।
संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज यहाँ आयोजित सामारोहमा मन्त्री डा राणाले उक्त सहयोग नेपाल र अमेरिकाबीचको दिगो मित्रता र सहकार्यको प्रतिक हो भन्नुभयो ।
मन्त्री डा राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता, विश्व शान्ति तथा सुरक्षाप्रति अटूट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गर्नुभयो । समारोहमा परराष्ट्रमन्त्री डा राणा, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देललाई अमेरिकी राजदूत डिन आर थम्पसनले ती स्काइ ट्रक हस्तान्तरण गर्नुभएको थियो । स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन तथा एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।


















