देश

प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

रासस
२०८२ भदौ १८ | मध्यान्ह १२:०५ बजे

बेइजिङ (चीन), भदौ १८ । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी हुनुभएको छ ।सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख÷सरकारप्रमुखलाई स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक हुनुभयो ।जनवादी गणतन्त्र चीनका राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिने सिलसिलामा उहाँ चीन भ्रमणमा हुनुहुन्छ । चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कदै हुनुहुन्छ । 

कमेन्टहरु