बागमती प्रदेश, मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
ब्राइट भिजन बाजुरा द्वारा गौरा पर्वको अवसर टुडिखेलमा निःशुल्क पानी वितरण


बाजुरा , भदौ १६ । ब्राइट भिजन बाजुरा बुढिनन्दा–०६ कोटिला द्वारा गौरा पर्वको अवसरमा काठमाडौको टुडिखेलमा निःशुल्क पानी वितरण गरिएको छ ।
सुदूरपश्चिमको मौलिक पर्व गौरा पर्व २०८२ को अवसरमा आयोजित काठमाडौ टुडिखेलमा निःशुल्क पानी वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।
काठमाडौंको टुँडिखेलमा आइतबार विशेष समारोहको आयोजना गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका हुन् । उक्त अवसरमा साथ दिने ब्राइट भिजन बाजुराका सम्पूर्ण सहयोगी साथीहरू मनहरू तथा पानी ग्रहण गरी हामीलाई सेवा गर्ने अवसर दिनु भएका सम्पूर्ण श्रद्धेय दर्शक/श्रद्धालुहरूलाई हार्दिक आभार प्रकट गरेको विशाल जङ्ग शाहीले बताएका छन ।
गौरा पर्वमा सानोतिनो सहयोग गर्ने अवसर मिल्दा साथ सद्भाव र प्रेरणाले नै हामीलाई समाजसेवामा निरन्तर अघि बढ्ने ऊर्जा दिएको छ । सुदूरपश्चिमको मौलिक पर्व गौरा पर्व २०८२ को अवसरमा हार्दिक मंगलमय शुभकामना आदानप्रदान गरेका छन ।
उक्त पर्वमा टुँडिखेलमै देउडा गीत गाउँदै र नाच्दै रमाइलो गरेका छन् । साथै महिलाहरूले सुदूरपश्चिमको सांस्कृति रुपमा परम्परागत पोशाक लगाएर देउडा नाचेका छन् ।
गौरा पर्वलाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।























