मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

वृद्धले गाउँमा पाए राष्ट्रिय परिचयपत्र

उमेश रोकाया
२०८२ भदौ १४ | मध्यान्ह ०१:०५ बजे

‎बाजुरा , भदौ १४ । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने घुम्ति शिविर संञ्चालन भएको छ ।

दुर्गम ठाउँका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मार्तडी जादा ८ देखि १० हजार सम्म खर्च हुने गरेको थियो । आवतजावत गर्दा २/३ दिन लाग्ने गरेको थियोे । अहिले गाउँपालिका घुम्ती शिविर सञ्चालन गरेपछि वृद्धहरु सजिलो भएको छ । सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न अनिवार्य राष्ट्रियपत्र खोजी गर्ने गरेको हुँदा अहिले राष्ट्रिय परिचयपत्र बनाउने काम पालिकामा भैरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

विशेषगरी वृद्धहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला धाउन पर्ने बाध्यता हटेको छ । सामाजिक सुरक्षा भत्ता पाउने वृद्धहरुलाई पहिलो प्राथमिकता दिएर राष्ट्रिय परिचयपत्र बनाउने गरेको छ । गाउँपालिकामा भदौ १६ गते सम्म  राष्ट्रिय परिचय पत्र बनाउने सम्बन्धी घुम्ति शिविर संञ्चालन हुने भएको प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापाले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र शिविरमा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की , हिमाली गाउँपालिका -५ का वडा अध्यक्ष प्रदिप थापा सहित कर्मचारीको उपस्थित रहेकोे थियोे ।

कमेन्टहरु