देश

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन

रासस
२०८२ भदौ १४ | मध्यान्ह १२:०५ बजे

भैरहवा (रुपन्देही), भदौ १४ ।  लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट बिरामी रहनुभएका मुसलमानको आज बिहान ९ बजे हृदयाघातका कारण उहाँकै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

परम्परागत रूपमा आज साँझ ५ः०० बजे स्थानीय कब्रिस्तानमा उहाँको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिनुभयो । सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित हुनुभएको थियो । 

कमेन्टहरु