वीरगन्जमा पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको माला

नवलपुर टुडे
२०८२ भदौ १४ | मध्यान्ह १२:०५ बजे

वीरगन्ज । पूर्वराष्ट्रपति भण्डारीलाई सिमरा विमानस्थलमा स्वागत गर्नका लागि नेता कार्यकर्ताहरू पुगेका थिए । वीरगन्ज पुगेपछि एमालेका नेता कार्यकर्ताहरू उनको सम्मानमा सहभागी भएका थिए ।
पूर्वराष्ट्रपति भण्डारीलाई एमाले केन्द्रीय कमिटीले राजनीतिमा आउन रोक्ने निर्णय गरेपनि भण्डारी एमाले पूर्वउपाध्यक्षको हैसियतमा राजनीतिक गतिविधिमा व्यस्त छिन् ।
गत असार १४ गते मदन भण्डारीको ७४औं जन्मजयन्तीका दिन पनि पोखरेलले बोलेका थिए । सोहीदिन भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । तर, एमाले केन्द्रीय कमिटी बैठकले उनलाई राजनीतिमा फर्कन रोक लगाएसँगै सदस्यता स्वतः नवीकरण नभएको बताउने गरेको छ ।























