मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमालीमा राष्ट्रिय परिचय पत्र बनाउने घुम्ति शिविर संञ्चालन हुने


बाजुरा , भदौ १३ । जिल्ला पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा राष्ट्रिय परिचयपत्र बनाउने घुम्ति शिविर संञ्चालन हुने भएको छ ।
गाउँपालिका बाट जिल्ला प्रशासन कार्यालय मार्तडी पुग्न खर्च ८ देखि १० हजार सम्म लाग्ने भएको र २/३ दिन लाग्ने गरेको छ । जुन पछिल्लो समय सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न अनिवार्य राष्ट्रियपत्र खोजी गर्ने गरेको छ ।
समय र पैसा दुबै सदुपयोग गर्न विशेषगरी वृद्धहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला धाउन नपर्ने गरी गाउँपालिकामा भदौ १४, १५ र १६ गते (३ दिने) राष्ट्रिय परिचय पत्र बनाउने सम्बन्धी घुम्ति शिविर संञ्चालन हुने भएको प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापाले बताउनुभयो ।
गाउँपालिकाको केन्द्र धलाचरमा हुन गइरहेको राष्ट्रिय परिचयपत्र शिविरमा उपस्थित भई यो अवसरको सदुपयोग गर्नहुन पालिकाले आग्रह गरेको छ ।
हिमाली गाउँपालिकाका सम्पुर्ण नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र बनाउदा नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको प्रमाण पत्र, सम्बन्ध विच्छेदको हकमा सम्बन्ध विच्छेदको प्रमाणपत्र र एकल (विधवा / विधुर) को हकमा पति वा पत्नीको मृत्यु दर्ताको प्रमाण पत्र आवश्यक कागजात ल्याएर आउन गाउँपालिकाले जनाएको छ ।























