समाचार

पांच हजार डालर बराबरको रकम ल्याउना पाउने निर्णय स्वागत योग्य:- अध्यक्ष पठान

नन्द किशोर कुर्मी (लालु)
२०८२ भदौ १३ | बिहान ०६:०५ बजे

कपिलवस्तु । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकलाई नेपाल भ्रमणका क्रममा पाँच हजार अमेरिकी डलर बराबरको भारतीय रूपैयाँ ल्याउन अनुमति दिएको छ। यसअघि मात्र २५ हजार भारतीय रूपैयाँ ल्याउन पाउने व्यवस्था रहँदा व्यवसायीहरूले असन्तुष्टि जनाउँदै आएका थिए।

संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरूले पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन सक्ने व्यवस्था गरेको थियो। सो व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले भदौ १० गते सार्वजनिक सूचना जारी गरेको हो।

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले पांच जार अमेरिकी डालर बराबरको रकम नेपालमा ल्याउन पाउने नयाँ प्रावधान स्वागत योग्य रहेको बताउदै नेपालमा पर्यटक संख्यामा वृद्धि हुने र स्थानीय अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरिनुका साथै भारतीय पर्यटकलाई भन्सार घोषणा नगरी पाँच हजार डलर बराबरको रूपैयाँ ल्याउन पाउने सुविधा पर्यटन व्यवसायका लागि राहतस्वरूप रहेको बताए। साथै नेपालमा घुम्न आउने पर्यटकका लागि खुसीको खबर रहेको र नेपालको व्यापार बढ़ेर अर्थव्यवस्थामा समेत सुधार हुने भन्नै आश्य व्यक्त गरेका छन्। 

कमेन्टहरु