अपराध

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ

नवलपुर टुडे
२०८२ भदौ १२ | बिहान ०९:०५ बजे

काठमाडौं, भाद्र  १२ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’ बाट ‘रेड नोटिस’ जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको हो।

कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। निजलाई कसुरबमोजिम कानूनी कारबाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ।

कमेन्टहरु