मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

नेविसंघ बाजुरा काठमाण्डौ सम्पर्क समिति गठन गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण

उमेश रोकाया
२०८२ भदौ १२ | बिहान १२:०५ बजे

‎बाजुरा , भदौ १२ । नेपाल विद्यार्थी संघ बाजुरा काठमाण्डौ सम्पर्क समिति गठन गर्ने कार्यप्रति खेद प्रकट गर्दै गम्भीर ध्यानाकर्षण प्रती नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य द्वारा प्रेस विज्ञप्ती निकालेको छ । नेपाली कांग्रेस बाजुराका शीर्षस्थ नेतृत्वको उपस्थितिमा साउन २० गते बैठक बसि नेपाली कांग्रेस बाजुरा काठमाण्डौ सम्पर्क समितिका सभापति सुर्य बहादुर शाहको संयोजकत्वमा बाजुराबाट नेपाल विद्यार्थी संघको केन्द्रीय कार्य समितिमा रहेका केन्द्रीय सदस्यहरू सदस्य रहने गरी नेपाल विद्यार्थी संघ बाजुरा काठमाण्डौ सम्पर्क समिति गठन प्रयोजनार्थ समिति गठन गरेको सर्वविदितै छ ।

‎समितिले तोकिएको कार्यदेश बमोजिमको कार्यहरु निरन्तर रुपमा अगाडी बढाई रहेको अवस्थामा भदौ १० गते अध्यक्षको जिम्मेवारी दिएको र भदौ ११ गते कार्य समितिलाई पूर्णता दिएको सम्बन्धमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बाजुराका अध्यक्ष जनक थापाको हस्ताक्षरबाट जारी गरिएको पत्र सामाजिक सञ्जालमा प्रेशित भएको देखिदा आश्चर्य चकित भएका नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य जस बहादुर शाहीले बताउनुभयो । शिर्षस्थ नेताहरुको कार्यादेश, निर्देशन र समितिमा रहेका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरुको सहमति, मर्म, भावना र परामर्श विना अबैधानिक रुपमा ने. वि. संघ बाजुरा काठमाण्डौ सम्पर्क समिति गठन गर्ने कार्यले विधिको उपहास गरेको छ।

‎संगठन भित्र सबैको आत्म सम्मान हुन जरुरी छ, संगठन विधि प्रकृयाले चल्नु पर्छ भन्ने कुरामा हो । तर संगठनमा नेतृत्व चयनको प्रकृया सबैको अपनत्व, आत्म सम्मान र संगठनको भावना एवं बिधि, विधान बमोजिम हुनुपर्दछ । सम्पर्क समितिका उम्मेदवारहरु बिच सहमति गराई नेतृत्व चयन गर्ने, सहमति हुन नसके निर्वाचन मार्फत नेतृत्व चयन गर्ने स्पष्ट मार्ग निर्देशन भए बमोजिम प्रयास गरी रहेको अवस्थामा उम्मेदवारसँग कुनै परामर्श नगरी पार्टीले दिएकोदिएको कार्यदेश बमोजिमको निर्देशन कुल्चेर, समितिका बहुमत सदस्यलाई जानकारी समेत नदिई, आफ्नो मनोमानी र गुठगत गन्ध देखिने गरी संगठन बिभाजन गर्ने मनसायले भए गरेका कार्यको घोर भत्सना गर्दै संगठनको खिलापमा भएका अवान्छित गतिविधिलाई तत्काल रोक्न खबरदारी गरेको शाहीले बताउनुभयो ।

‎नेपाल विद्यार्थी संघ बाजुरा काठमाण्डौ सम्पर्क समिति गठन प्रयोजनार्थ गठित समितिको सदस्यनै नरहेका नेपाल विद्यार्थी संघ बाजुरा जिल्ला अध्यक्ष जनक बहादुर थापाले अबैधानिक तवरबाट नेपाल विद्यार्थी संघ बाजुरा काठमाण्डौ सम्पर्क समिति गठन गर्ने कार्यप्रति खेद प्रकट गर्दै गम्भीर ध्यानाकर्षण गराएको छ । यसरी समितिको सदस्य समेत नरहेको व्यक्ती जनक बहादुर थापाले मनोमानी, स्वेच्छाचारी तवरले अराजकरुपमा संगठनलाई विभाजित गर्ने मनसायले गरेको अवैधानिक निर्णय खारेज  गर्न र आगामी दिनमा संगठनलाई बन्धक बनाउने, विभाजित गर्ने, अवैधानिक कार्य नगर्न नगराउन चेतावनी समेत दिएको छ । नेपाल विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक बहादुर थापाको अवैधानिक कार्य उपर आवश्यक छानविन गरी कारवाही गर्न नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिती र नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुरालाई जोडदार माग गरेको नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य दिनेश कुमार शाहीले बताउनुभयो ।

कमेन्टहरु