दुबई यूएई, देश, प्रबास, बिश्व

कपिलवस्तु समाज सेवा परिषद्, युएई द्वारा दुवईमा युएई “तीज विशेष सांस्कृतिक कार्यक्रम–२०२५” भव्यतापूर्वक सम्पन्न भएको छ।

कबिराज राजबंशी
२०८२ भदौ ११ | बिहान १०:०५ बजे

 

 

FB IMG 1756269656775

कविराज राजवंशी प्रवास दुबई, यूएई

कपिलवस्तु समाज सेवा परिषद्, युएई द्वारा नेपाली नारीहरूको मौलिक पर्व हरितालिका तीज को पावन अवसरमा राहत कोष निर्माणार्थ आयोजना गरिएको “तीज विशेष सांस्कृतिक कार्यक्रम–२०२५” भव्यतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमको समाअध्यक्षमा विराजमान संस्थाको अध्यक्ष कृष्ण अधिकारी ज्यू हुनु हुन्थ्यो। त्यसैगरी प्रमुख अतिथिको रुपमा आसिन नेपाली समाज, युएईका महासचिव जीवन पंगेनीज्यू, विशिष्ट अतिथी लुम्बिनी प्रदेश समाज, युएईका अध्यक्ष नारायण प्रसाद अधिकारीज्यू, विशेष अतिथिहरुमा यूएईमा रहेका अन्य क्रियाशील संघ संस्था अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो।

FB IMG 1756271028899

दुबईमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई झन् सफल बनाएको आयोजकहरूले जनाएका छन्। सहभागी महिलाहरूको मौलिक पोशाक, तीज गीत र नृत्य प्रस्तुतीहरूले कार्यक्रममा सांस्कृतिक र धार्मिक रौनक थपिएको थियो। साथै, यूएईमा स्थापित चर्चित कलाकारहरूले दिएको उत्कृष्ट प्रस्तुतीले कार्यक्रमलाई अझ आकर्षक, अविस्मरणीय र ऐतिहासिक बनाएको सहभागीहरूले बताएका छन्।

FB IMG 1756269694265

परिषद्का अध्यक्ष कृष्ण अधिकारीले भने, “तीज पर्वले हामीलाई एकतामा बाँध्ने मात्र होइन, संस्कृतिको संरक्षण र सामाजिक उत्तरदायित्व पूरा गर्ने अवसर पनि दिन्छ। राहत कोष निर्माणार्थ गरिएको यस कार्यक्रमले प्रवासी नेपाली बीचको एकता र सहकार्यलाई अझ मजबुत बनाएको छ। भविष्यमा पनि यस्तै स्तरीय कार्यक्रम ल्याउने हाम्रो प्रतिबद्धता रहन्छ”। कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण अग्रज, पदाधिकारी, सदस्य, सहयोगी संघ–संस्था तथा उदार दाताहरूप्रति विशेष धन्यवाद तथा नमन। परिषद्का अनुसार उहाँहरूको समर्थन र योगदानबिना यति भव्य कार्यक्रम सम्भव हुने थिएन। भन्दै उहाँले आफ्नो भनाई थप्दै भने परिषद्का पदाधिकारीहरूले कार्यक्रम सञ्चालनको क्रममा केही कमीकमजोरी हुन गयो होला तर आगामी दिनमा अझ सबल र व्यवस्थित कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए।

FB IMG 1756269680214 1

कपिलवस्तु समाज सेवा परिषद्, युएईले राहत कोष निर्माणजस्ता सामाजिक उत्तरदायित्वसहितका कार्यक्रममार्फत प्रवासी नेपालीबीच एकता, सांस्कृतिक संरक्षण र सामाजिक सहयोगलाई बलियो बनाउने लक्ष्य लिएको छ।

 

 

 

 

 

 

 

 

 

कमेन्टहरु