मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि

स्वामीकार्तिकमा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन हुने

उमेश रोकाया
२०८२ भदौ ११ | बिहान ०१:०५ बजे

बाजुरा , भदौ ११ । जिल्ला पुर्वी क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन हुनेभएको छ ।

यस स्वामीकार्तिक खापर गाउँपालिकाका सम्पूर्ण नागरिकहरूलाई सजिलो गराउनका लागि राष्ट्रिय परिचयपत्र भदौ ११ देखि १३ सम्म गाउँपालिकामा घुम्ती शिविर सञ्चालन हुने भएको छ ।

‎राष्ट्रिय परिचयपत्र बनाउनका लागि आवश्यक कागजात नेपाली नागरिकताको सक्कल प्रमाणपत्र विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र, अविवाहितको हकमा अविवाहित भएको सिफारिस पत्र (सम्बन्धित वडा कार्यालयबाट प्राप्त) , सम्बन्धविच्छेद भएको हकमा सम्बन्ध विच्छेदको प्रमाणपत्र, एकल (विधवा/विधुर) को हकमा पति वा पत्नीको मृत्यु दर्ताको प्रमाणपत्र आवश्यक कागजात ल्याउन आग्रह गरेको छ ।

तोकिएको मितिमा उपस्थित भई सुनौलो अवसरको सदुपयोग गर्नुहुन सबैमा जानकारी गरिएको प्रमुख प्रशासकीय अधिकृत देव राज चौधरीले बताएका छन ।

कमेन्टहरु