मुख्य समाचार, समाचार, स्वास्थ्य
जिल्ला अस्पताल बाजुरामा दुई जनाकाे शल्यक्रिया सफल

उमेश रोकाया
२०८२ भदौ १० | मध्यान्ह ०९:०५ बजे

बाजुरा , भदौ १० । जिल्ला अस्पताल बाजुरामा एमडीजीपी डा. आशिष कार्कीको आगमनसँगै एपेन्डिसाइटिस र फिमोसिसका शल्यक्रिया सफल भएका छन्।
मंगलबार अस्पतालमा बुढीगंगा नगरपालिका–४ की १४ वर्षीया नीलम नेपालीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । त्यस्तै, फिमोसिसका बिरामी बडीमालिका नगरपालिका – ५ का १९ वर्षीय बिमल साउदको पनि सफल शल्यक्रिया भएको जिल्ला अस्पताल बाजुराका प्रमुख चन्द्र शेखर यादवले जानकारी दिए ।
पेट दुख्ने समस्या लिएर अस्पताल आएकी नीलममा परीक्षण पछि एपेन्डिसाइटिस देखिएको थियो । उक्त शल्यक्रिया एमडीजीपी विशेषज्ञ डा. आशिष कार्कीको नेतृत्वमा डा. पवन अर्याल, लोकेश कवर र स्टाफ नर्स सञ्जिता कुमारी खड्काको टोलीले सम्पन्न गरेको जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. यादवले बताएका छन् ।























