मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुराको दुर्गम बिच्छ्यामा सडक संजाल जोडिदै


बाजुरा , भदौ ९ । बाजुरा जिल्लाको दुर्गम बिच्छ्यामा सडक संजाल जोडिदै छ । बाजुरा जिल्लाको दुर्गम बस्ती बिच्छ्याको मैतान्नामा सडक संजाल जोडिएर पहिलोपटक गाडी पुगेको छ । मैतार्ना सम्म सडक पुगेपछि हिमाली गाउँपालिका वडा नम्बर १ र ३ का वडाका बस्तीहरुलाई आवजातमा गर्न सजिलो र छिटोछरितो भएको छ । दुर्गुम ठाउँका सडक संजाल सँगै गाडी पुग्दा बिच्छ्याका स्थानीय धेरै खुसी भएका छन् ।
पहिला गाउँबाट गाउँपालिका जान घन्टौं पैदल यात्रा गरेर जानुपर्ने अवस्था थियो । अहिले गाउँबाट एक डेढ घण्टा हिडेर गाडी चढेर गाउँबाट बाहिर जान सकिन्छ । अहिले बिच्छ्या गाउँका सर्वसाधारण मैतर्नाबाट पुल पार गरिसकेपछि गाडी चढेर आउने जाने गरेको छन् । सडक संगै गाडी पुगेपछि खाद्यान्न नुन , तेल बोकेर हिँड्नुपर्ने बाध्यता अहिले हटेको छ । पहिला दिनभरि लाग्ने बाटोमा सडक पुगेपछि दुई तीन घण्टामा गाउँपालिकबाट गाउँमा पुग्ने गरेको स्थानीय राज थापाले बताउनुभयो ।
हिमाली गाउँपालिका वडा नम्बर १ र ३ जोड्ने मैतार्ना सम्मको सडक निर्माणकार्य अनुगमन गरिएको छ । अब एक हप्ता भित्र बिच्छ्या सडक संजाल जोडिने अवस्था छ । यसमा हामी सिङ्गो पालिका धेरै खुसी छौँ । अहिले मैतन्ना सडक पुगे सँगै गाडी पुगेको छ । पुल पार गर्ने बित्तिकै बिच्छा पुगेको महसुस हुनेछ । अबको एक हप्ताभित्र हिमाली गाउँपालिका वडा नम्बर १ मा सडक जोडिने भएको छ ।
आगामी वर्षका लागि दुईवटा ठेक्का मैतन्नादेखि बिच्छा कुमाला सडक २ करोड र मैतना युना बौडी हुँदै रानीसिंह सडक बनेर ३ करोड बजेट सुनिश्चित भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा अब हिमाली गाउँपालिका १, २ र ३ का सबै वडाहरुमा २०८२ मा गाडी पुगाउने लक्ष्य राखेका छौं । पालिकाबाट सडक दिगो गुणस्तरीय बनाउन सडक अनुगमन सहित पटकपटक हेरफेर गर्ने गरेको छ । सुखी हिमाली, समृद्धि हिमाली बनाउने अभियान आफू सधैं लागिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
हामी विशेष गरेर हिमाली गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ हिमाली गाउँपालिका वडा नम्बर १ र ३ मा सडक संजाल जोडन निर्माणकार्य सुरु गरेका थियौं । आर्थिक वर्ष २०८२/०८३ मा बिच्छ्याका सबै ठाउँमा हामीले सडक पुर्याउने गरेर काम गरिरहेका छौं । खलड़िल, पम्पानी, मैतार्ना, दिग्न्याचौर हुँदै बौड़ी गाउँ सम्म लगभग २ करोड ५३ लाखको ठेक्का रहेको छ ।
अहिले कामको हिसाबले बिच्छ्यालाई सडक पुर्याउने गरी लागेका छौं । भर्खरै सडक निर्माणकार्य स्थलगत अनुगमन गर्दा ७० प्रतिशत काम भएको छ । दुर्गम ठाउँ बिच्छ्यामा सडक पुर्याउन प्रत्येक वर्ष बजेट व्यवस्थापन गर्ने गरेका छौँ । अहिले खलड़िल, पम्पानी हुँदै मैतार्ना सम्म सडक जोडिएपछि हिमाली गाउँपालिका -१ र ३ का स्थानीयलाई आवतजावत गर्न सजिलो भएको । केही घण्टा हिड्ने बित्तिकै गाडी चडन पाएका छन । हिडेर १ दिनभर लाग्ने समय २/३ घण्टामा बिच्छ्याबाट पालिका आउने गरेका छन । छिट्टै बिच्छ्या सडक पुर्याउन सड!निर्माणकार्य निरन्तर चलिरहेको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राजबहादुर भण्डारीले बताउनुभयो ।























