मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि

कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु

उमेश रोकाया
२०८२ भदौ ८ | मध्यान्ह ०३:०५ बजे

बाजुरा , भदौ ८ । बाजुराको जिल्लाको पुर्वी क्षेत्रमा पर्ने कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले वर्षायाममा मार्तडी पुग्न कठिनाइ झेल्दै आएका नागरिकलाई सहज बनाउन सेवा सुरु गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट थप गरिएको स्टेशन कोल्टीमा राखेर सेवा एक महिनासम्म सञ्चालन हुने बताएका छन् ।

यसअघि विवरण संकलनको सुविधा सदरमुकाम मार्तडीमै मात्र उपलब्ध थियो। नयाँ व्यवस्थाले बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाका बासिन्दा लाभान्वित हुने भएका छन्।

‎मार्तडी देखि कोल्टी सडकखण्ड करिब तीन महिनादेखि अवरुद्ध भएकाले त्यहाँका नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवाका लागि ४–५ पटक गाडी फेरेर मार्तडी पुग्नुपर्ने बाध्यता रहेको थियो । अब भने कोल्टीमै सेवा सुरु भएपछि स्थानीयवासी खुसी भएका छन् ।

आइतवार प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावल, हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्ल, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया, सुरक्षा निकायका प्रमुखल गायतको उपस्थितिमा औपचारिक शुभारम्भ गरिएको छ ।

कमेन्टहरु