मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

दिवा खाजा सम्बन्धि अन्तक्रिर्या कार्यक्रम

उमेश रोकाया
२०८२ भदौ ७ | मध्यान्ह ०८:०५ बजे

बाजुरा , भदौ ०७ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा दिवा खाजा सम्बन्धि एक दिने अन्तक्रिर्या कार्यक्रम गरिएको छ । केही वर्षदेखि विधालयमा दिवा खाजा विद्यार्थीहरुले खाइरहेका छ्न । उक्त दिवा खाजालाई आगामी दिनमा प्रभावकारी ढंगले अगाडि बढाउन विधालय व्यवस्थापन समिति अध्यक्ष , प्रधानाध्यापक र सरोकारवाला बिच अन्तक्रिर्या कार्यक्रम गरेको हो ।

विधालय दिवा खाजा कार्यक्रम पौष १५ गतेसम्म मात्र कार्यक्रम सञ्चालन हुने भएको छ । दिवा खाजा आगामी दिनमा विधालयमा विद्यार्थीहरुलाई दिवा खाजा सबै विधालयलाई स्थानीय स्तरमा पाइने अर्गानिक खाजा खुवाउने जिम्मेवारी स्वयम विधालयलाई दिइने भएको छ ।

दिवा खाजा बनाउने भान्से कर्मचारी नियुक्तिका लागि निति नियम रहेर विधालय नियुक्ति गर्ने भएको छ । विधालय पठनपाठनमा केही तलमाथि हुन आएमा स्वयम विधालयले अतिरिक्त कक्षा सञ्चालन गरेर पढाई प्रभावकारी बनाउने गर्ने निर्णय गरिएको गरिएको शिक्षा युवा तथा खेलकुद शाखा  रगुनाथ अवस्थित  ।

गत पालिका स्तरीय परिक्षा कक्षा ५ र ८ को वार्षिक परिक्षाको नतिजाले गर्दा अहिले धेरै सुधार आएको छ । विधालय खुवाउने दिवा खाजा स्थानीय उत्पादन भएको अर्गानिक खुवाउने निर्णय गरिएको छ । २२ वटा विधालयमा दिवा खाजा बनाउने भान्सा घर निर्माण गरिएको छ । प्रत्येक विधालयमा एक जना भान्से कर्मचारी राख्ने निर्णय भएको छ ।

शिक्षा क्षेत्र गुणस्तरीय वृद्धि गर्न पहिलो अभिभावक भुमिका रहेकोे छ । अभिभावकले जे गर्न खोज्यो विधालयमा त्यस्तै वातावरण बन्छ । विधालयमा प्रशासन कडा तथा कमजोर बनाउन पनि अभिभावकहरु ठुलो भुमिका हुन्छ । त्यसैले हामी सबैको जिम्मेवारी छ । आफ्नो काम कर्तव्य सबैले पूरा गरेर काम गरियो भने शैक्षिक गुणस्तर केही फेरबदल हुने भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

कमेन्टहरु