बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बिच्छ्याका बाढी पीडित परिवारलाई आई.एन.एफ. द्वारा खाद्यान्न वितरण

उमेश रोकाया
२०८२ भदौ ७ | मध्यान्ह ०७:०५ बजे

बाजुरा , भदौ ७ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका – १ बिच्छ्याका बाढी पीडित परिवारलाई राहत वितरण गरिएको छ । हिमाली गाउँपालिकाको समन्वय र आई.एन.एफ. नेपाल बाजुरा शाखाको सहयोगमा साउन २८ गते एक्कसी बिच्छ्या खोलामा आएको बाढी पहिरोबाट क्षति २१ वटा घरपरिवारलाई त्रिपाल र खाद्यान्न सामग्री वितरण गरिएको छ ।

बिच्छ्या बाढी पीडित २१ घरधुरिलाई ५२ के.जी. दाल, २५ के.जी. चामल ३४ कट्टा , ९ वटा त्रिपाल, ६८ पाकेट नुन, ८५ पाकेट तेल सहित ७ रोल पाइपका सामग्री बितरण गरिएका हो । आई.एन.एफ. नेपाल बाजुरा शाखाले आंशिक र पूर्ण क्षति २१ घरपरिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष जोख्या भण्डारीले बताउनुभयो ।

हिमाली गाउँपालिकामा विगत ७ वर्षदेखि काम गर्दै आएको आई. एन. एफ. नेपालले हाल नयाँ परियोजना सञ्चालन गरिरहेको छ । बाढीबाट सबैभन्दा बढी प्रभावित भई खेतीयोग्य जमिन र घरहरु क्षति भएका घर परिवारलाई भविष्यमा जीविकोपार्जनका गतिविधि मार्फत सहयोग गर्ने प्रतिबद्धता आई.एन.एफ. नेपालका सहायक परियोजना अधिकृत गोबिन्द बहादुर रावलले बताउनुभयो । ।

बाढी प्रभावित समुदायलाई तत्कालीन सहायता प्रदान गर्नुका साथै उनीहरूको जीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

बाढी पहिरो पीडित घरपरिवार बस्ने घर पुरै बाढीले बगाउँदा समस्या परेका थियौं । बस्ने बास र खाने चामल समेत नहुदा परिवार समस्यामा परेका थिए । आई.एन.एफ. नेपाल बाजुरा शाखाले बस्ने त्रिपाल , चामल, तेल , नुनु र दाल सहित खानेपानी पाइप सहयोग गरिएको छ ।

‎राहत वितरण कार्यक्रममा हिमाली गाउँपालिकाका -१ का वडा अध्यक्ष जोख्या भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो । वडा सचीव सन्जिव चौधरी, आई.एन.एफ. नेपालका सहायक परियोजना अधिकृत गोबिन्द बहादुर रावल र बिच्छ्या प्रहरी चौकी टोलि सहित उपस्थिति रहेकोे थियो ।

कमेन्टहरु