प्रवन्ध निर्देशक लामिछानेको जन्मदिनको अवसरमा आई स्टडीको औपचारिक शुभारम्भ


शैक्षिक क्षेत्रमा १७ वर्ष लामो अनुभवपछि कन्सल्टेन्सी क्षेत्रमा हात हालेको उनले बताए । उच्च शिक्षा अध्ययनमा जान चाहने वियार्थीहरुलाई उचित परामर्श र भाषा कक्षालाई जोड दिईएको उनको भनाइ थियो । लामिछानेले लामो समयदेखि ब्रिज कोर्षका लागि द जिएमआई एकेडेमी सञ्चालन गरिरहेका छन् भने हालै मात्र नेपाल भारत मैत्री अस्पताल (शिक्षण कलेज) को शैक्षिक निर्देशकको रुपमा पनि नियुक्त भएका छन् ।
कन्सल्टेन्सीका ब्रान्च म्यानेजर रोशन प्रधानले सुविधा सम्पन्न ल्याबसहित कक्षाहरु सञ्चालन भइरहेको बताए । प्रधानले अष्ट्रेलियाको पर्थमा मुख्य कार्यालय रहेको आई स्टडी ग्लोबलको काठमाडौं र चितवन गरी नेपालमा दुई वटा शाखा रहेको बताए । नेपालका अन्य शहर पनि विस्तार गर्ने योजना रहेको उनले सुनाए । आई स्टडी ग्लोबलले सुरुवातदेखि भाषा कक्षा र उचित परामर्शलाई जोड दिदै आएको उनको भनाइ थियो ।


















