शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ ।युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
यसरी स्थापना हुने उद्योगमा मागको आधारमा अनुदान र प्रविधि सहयोग उपलब्ध गराइने योजना रहेको उनले बताए । चौधरीले भने,“यस कार्यबाट युवाले नगरभित्रै रोजगारी पाउनेछन् र व्यावसायिक सीप विकास गर्ने अवसर प्रदान हुन्छ, यसले विदेश पलायन कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।”
नगरपालिकाका अनुसार १२ वटै वडामा सम्भावना भए बमोजिम उद्योग स्थापना गरी युवालाई दीर्घकालीन रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ । कृषि, हस्तकला, पशुपालन, बेतबाँस, लघु उत्पादन र स्थानीय स्रोतमा आधारित उद्योगलाई प्राथमिकतामा राखिएको छ ।
स्थानीय युवा चेतराम चौधरीले कार्यक्रम सञ्चालनले गाउँमै रोजगारी र विकासका अवसर ल्याउने विश्वास व्यक्त गरे । “यस कार्यक्रमको माध्यमबाट स्थानीय स्तरमै आर्थिक सशक्तीकरण र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्छ”, उनले भने,“कार्यक्रमलाई उद्देश्यअनुरूप सञ्चालन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।”






















