चितवनमा लागुऔषधसहित ७ जना पक्राउ


चितवन । चितवनमा लागुऔषधसहित ७ जना पक्राउ परेका छन । उनीहरुलाई भरतपुर महानगरपालिका- ९ पारस बसपार्कस्थित न्यु धौलागिरी थकाली भान्सा घर एण्ड लजबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चितवन माडी नगरपालिका- १ बस्ने बर्ष २४ को अनिस श्रेष्ठ, चितवन कालिका नगरपालिका- ५ बस्ने बर्ष २१ की शान्ती गुरुङ, पर्सा ठोरी गाउँपालिका- २ टाउन बस्ने बर्ष २१ को विनायक तामाङ, सोही गाउँपालिका भन्ज्याङ बस्ने बर्ष २५ को सुर्य लामा रहेका छन ।
त्यस्तै पर्सा ठोरी गाउँपालिका- २ बस्ने बर्ष १८ को प्रदिप लामा र सोही गाउँपालिका-२ बस्ने बर्ष २४ को प्रदिप न्यौपाने र भारत बिहार राज्य पश्चिम चारण चनपटिया आर एस मछली हट्टा रोड वडा नम्बर ७ बस्ने बर्ष २४ को आर्यन कुमार रहेको चितवन जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिएको छ ।
उनीहरुलाई धौलागिरी थकाली भान्सा घर एण्ड लजमा लागुऔषध कारोबारी भैरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिगएको प्रहरी टोलीले उक्त लजमा चेकजाँच गर्दा कोठा नम्बर १०६ मा पक्राउ परेकाहरुलाई फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट ट्रामोल-५०(Tramol- 50) लेखिएको जम्मा १७,४०० क्याप्सुल बरामद भएको खनालले बताए ।
पक्राउ पर्नेहरुलाई लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद धप गरी अनुसन्धान गरिरहेको छ ।























