तस्कर

मधेशका बारा लगायत जिल्लामा तस्करी बढ्यो

नवलपुर टुडे
२०८२ भदौ ४ | मध्यान्ह ०१:०५ बजे

बारा । बाराको नेपाल भारत सीमानाकाबाट दैनिक रुपमा तस्कर हुँदै आएको छ । नियमित तस्कर हुने दिन जस्तै गएराति पनि ठूलो मात्रामा भारतबाट नेपाल तस्करी भएको छ । यति मात्र होइन, नेपालबाट पनि मध्यरातमा भारतमा विभिन्न सामान तस्कर भएको श्रोतले बताएको छ ।

सो क्रममा बारा जिल्लाको बिश्नामपुर गाउँपालिका- १ छतवा घोडासाहन नाकाबाट बटक चोक हुदै गएराति १०:०० बजेबाट २/३ वटा पिअप गाडिमा माछाको तस्कर भएको हो । तस्करी माछा भारतबाट ल्याई मोसा हुसेनको घरमा राखि काठमाडौ लाने गरेको छ ।

त्यस्तै नेपालबाट कवाडी र रक्सी लगायतका सामान ट्याक्टरमा लोड गरी भारत तस्करी हुने गरेको छ । गएराति मात्र ४/५ ट्याक्टरमा कवाडी र रक्सी भारतको नायकटोल पुर्‍याएको श्रोतले बताएको छ। सो तस्करी रिजवान हुसेन, देव साह पप्पु साह लगायत ७,८ जनाको समुहले गरेका हुन ।

त्यस्तै छतवा नाकाबाट बटम चोक हुँदै १४,१५ ओटा मोटरसाइकलमा १५० (एक सय पचास) पोका देखि २०० (दुई सय पोका) कपडा तस्करी भएको स्थानीय जानकारले बताएको छ । सो कपडाको तस्करी आसपुजन साह तेली, सुमित यादव, अकबर मिया लगायत ८,९ जनाको समूहले गरेका हुन ।

त्यस्तै राकेश यादव, सरोज साह कलवार, रामजी साह लगायतले ७/८ जनाको समुहले दैनिक मोटरसाइकलमा कपडाको तस्करी गरिरहेका छन ।

यस्तै गरी मधेस प्रदेशको बारा, महोत्तरी, रौतहट, धनुषा, सप्तरी र पर्साबाट खुलेआम तस्करी हुँदा स्थानीय सोझा जनताले पनि स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा बिना तस्करी भएको आकलन गरिएको छ ।

कमेन्टहरु