दुबई यूएई, देश, धर्म–संस्कृति/रीतिथिति, प्रदेश, प्रबास

प्रवासी भूमि युएईमा नेपाली परिवारहरुको पहिलो प्रयास दोस्रो घर युएई भन्ने कार्यक्रम सम्पन्न

कबिराज राजबंशी
२०८२ भदौ ३ | मध्यान्ह १०:०५ बजे

IMG 20250819 WA0174

 

कविराज राजवंशी प्रवास दुवई यूएई

आईतबार १७ जुलाई आफ्नो देश र मातृभूमि भन्दा टाढा भए पनि प्रवासी भूमि युएईमा रहेका नेपाली परिवारहरूलाई एकिकृत बनाउँदै पहिलो पटक नेपाली परिवारहरूको जमघट सफलतापूर्वक गाउँवेशी रेस्टुरेन्ट सभाहल वर दुबई मिना बजारमा सम्पन्न भएको छ । जुन ग्रुप नेपाल फेस्टिभलमा युएई अबस्थित नेपाली बच्चाबच्चीले नेपाली राष्टिय गित प्रस्तुत गर्नको लागि नेपाल फेस्टिभल नामक ग्रुप बाट संगठन भएको थियो।

IMG 20250819 WA0177

यो जमघट लामो समयदेखि प्रवासमा जीवन बिताइरहेका नेपाली परिवारलाई आपसमा जोड्ने र पारिवारिक अवस्थालाई मजबुत बनाउनका साथै आफ्नो देशको धर्म, संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको थियो । “बिदेशमा रहँदा पनि आफ्ना बच्चाबच्चीलाई नेपाली संस्कृति, भेषभूषा, र इतिहासबारे जानकारी गराउनु प्रत्येक अभिभावकको महत्वपूर्ण कर्तव्य हो”, भन्ने यो समूहको मूल उद्देश्य हो।

IMG 20250819 WA0175

हामी सबैको सानो प्रयासले ठूलो परिवर्तन सम्भव छ। “विदेशमा नेपाली संस्कृति बचाऔं, सन्ततिलाई नेपालीपन सिकाऔं”। विदेशमा रहेर पनि आफ्ना सन्तानलाई नेपाली संस्कृति, भेषभूषा, रहनसहन र चाडपर्वहरूको ज्ञान र अनुभव दिलाउने साझा प्रयास गर्ने।

नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धन। अप्रतक्ष रहनेनै छ, बच्चाबच्चीहरूलाई नेपाली चाडपर्व र परम्पराबारे जानकारी दिने, रहनसहन र भेषभूषामा नेपालीपनको परिचय दिन प्रेरित गर्ने, अतिरिक्त गतिविधिहरू (जस्तै नृत्य, गायन, अभिनय आदि) मा सहभागिता बढाउने, एक आपसमा पारिवारिक सम्बन्ध बलियो बनाउने। यो ग्रुप पूर्ण रूपमा समाजसेवा वा राजनीतिक गतिविधि भन्दा अलग, केवल पारिवारिक, सांस्कृतिक र आपसी सद्भाव कायम राख्ने उद्देश्यका लागि मात्र सञ्चालन हुनेछ। यहाँ कुनै किसिमको राजनीतिक वा अन्य संस्थागत गतिविधि समावेश गरिने छैन।

IMG 20250819 WA0180

हाम्रो एक मात्र लक्ष्य — सन्तानलाई नेपाली संस्कृति सिकाउनु र परिवारबीच आत्मीयता बढाउनु हो। प्रवासी भूमिमा रहे पनि आफ्नोपन, नेपालीपन, परम्परागत पोशाक, नेपाली खानपान र सांस्कृतिक पहिचानलाई बालबालिकामा हस्तान्तरण गर्ने महत्त्वपूर्ण हेतु सहित “दोस्रो घर” भन्ने नामावली आधिकारिक घोषणा गरिएको छ ।

कार्यक्रम छोटो समय रहेता पनि बिर्हत बैचारिक छलफल रहेको थियो जसमा नेपालि बिजनेस काउन्सिल कोषाध्यक्ष एबम नमस्ते ट्राभल्सका संचालक श्री एकेन्द्र थापा ज्यु द्वारा कार्यक्रम बिबरण, योजना, लक्ष, उद्देस्य एबम युएईमा यसको महत्व र प्रभाकारी बारे जानकारी गराउदै उपस्थिति सबैलाई स्वागत गर्नु भएको थियो। उक्त भेलाई नेपाल फेस्टिभल सफल पार्न मुख्य जिम्मेवार बहन गर्नु भएका श्री ड्यान परिवारले बच्चा बच्चीले यो माहोलमा फेरी भेट्न पाउदा खुसि व्यक्त गर्दै शुभकामना अनि आफ्नो सहकार्य रहने जानकारी गराउनु भएको थियो।IMG 20250819 WA0182

नेपाल फेस्टिभल सफल पार्न अभिभावक संग प्रत्यक्ष जोडिएर निरन्तर समन्वय गरिरहनु भएकी श्रीमती अन्जली भट्टराई द्वारा युएई अबस्थित सम्पूर्ण परिबारहरुलाई जोडिने माहोल बनाउदै निरन्तर गरिने बिषयमा आफ्नो ध्यानकर्षण रहेको र भविष्यमा पनि निरन्तर गर्ने बिषयमा जोड दिनु भएको थियो। उक्त भेला सफल पार्नको लागि जिम्मेवार पाउनु भएका श्री बरुण खनाल द्वारा परिबार जोड्न पहल गरिएका जानकारी गराउदै धन्यबाद पनि दिनु भएको थियो। नेपाली समाज युएईका पुर्व अध्यक्ष श्री कृष्ण बहादुर ढकाल ज्यु ले यो पारिबारिक ग्रुप बनाउनु पर्छ भन्ने सोच पहिले देखि रहेको भएता पनि अहिले सम्म यस्तो किसिमको जमघट नरहेको र यो आवश्यक रहेको कुरामा आफ्ना भनाई व्यक्त गर्नु भएको थियो। त्यसै गरि नवलपुर सेवा समाज युएईका प्रमुख सल्लाहकार एवं नेपाली समाज युएईका निवर्तमान अध्यक्ष श्री वेद प्रसाद अर्याल ज्यु द्वारा पनि राम्रो कामको थालनी संगै आफुले व्यक्तिगत सहयोगमा पछि नहट्ने बिचार राख्नु भएको थियो।

IMG 20250819 WA0178

परिचात्मक कार्यक्रमलाई प्रभवकारी रुप बाट स-परिबार स्टेजमा आई आफ्ना बिचार राखि आ-आफ्नो परिचय दिई एक अर्का प्रती चिनजान गर्नु भएको थियो । श्री वैष्णव परिषद् युएईका महासचिव युवा पन्डित श्री प्रदिप दाहालले पनि यस्तो किसिमको कार्यक्रमको प्रशम्शा गर्नु भएको थियो। २२/२५ जना परिवारको उपस्थिति रहेको थियो सबैले युएईमा यो अति आवश्यक रहेको कुरामा आफ्ना बिचार राख्नु भएको थियो, जसमा सबै उपस्थितिलाई नेपालि कल्चर बारे अबगत गराइएको कार्यक्रम लाई स्मरणिय बनाउन पत्राकार लाल बहादुर ढेंगाको उपस्थिति पनि रहेको थियो।

IMG 20250819 WA0181

अन्तयमा , एन आर एन ए एनसीसी अध्यक्ष बिकाश साही द्वारा उपस्थिति सबै लाई बिसेष धन्यबाद दिदै , आफुले , मन , बचन सबै तह बाट सहयोग गर्ने बिचार राख्दै उपस्थिति सबैलाई युएईमा अबस्थित सम्पुर्ण परिबार हरु लाई सहकार्य गर्न आह्वान गर्न आग्रह गर्दै अनौपचारिक कार्यक्रम समाप्त गर्नु भाएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

कमेन्टहरु