घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमालीमा रुखले च्यापेर दुई जना घाइते

उमेश रोकाया
२०८२ भदौ २ | मध्यान्ह ०७:०५ बजे

‎बाजुरा , भदौ २ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं ३ गुम्बा गाउँ नजिकै बयाले गोरु खर्कमा दुई जना रुखले च्यापेर घाइते भएका छन ।

आज बिहानै ४ बजे तिर बर्षाले गाई खर्कमा एकासी रूख पुरै उप्केर युना गाउँका ७५ वर्षीय श्रीमान साेभधन राेकाया र ७२ वर्षीय श्रीमती  मन्धरी राेकाया गम्भीर घाइते भएका वडा अध्यक्ष मंगल बुढाले बताउनुभयो ।

घाइते दुबै जनालाई उपचारका लागि स्टेचरमा बाेकेर कोल्टी अस्पताल उपचार गर्नका लागि लगिएको छ । बिच्छया टेलिफोन समस्याले पालिका अध्यक्ष र कर्मचारी कसैको फोन हुन सकेको छैनन् । घाइतेलाई छिटो उद्धार गर्नका लागि अध्यक्ष बुढाले अनुरोध गरेका छन ।

कमेन्टहरु