घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हुम्लामा लेक लागेर बाजुरा घर भएका विककाे मृत्यु

उमेश रोकाया
२०८२ भदौ १ | मध्यान्ह ०८:०५ बजे

बाजुरा , भदौ १ । हुम्लामा लेक लागेर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराकाे बुढीनन्दा नगरपालिका ६ लाटो बस्तीका डबल विक रहेका छन् ।

‎उनकाे चीनको डिन्मो थिङ, थिङ काउन्टी (हरियाचोर)हाट बजारमा लेक मृत्यु भएको हो । टाँके नाका हुँदै चीनको डिन्मो थिङ–थिङ काउन्टी पुगेका बेला उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले बताएका छन् ।

‎बाजुराबाट ८/९ जनाको टोली नेप्का गाउँ हुँदै घटनास्थलतिर पुगेको छ ।चीनको डिन्मो थिङ–थिङ काउन्टी पुगेका बेला लेक लागेर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु