सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध

रासस
२०८२ साउन ३१ | मध्यान्ह ०४:०४ बजे

हेटौँडा । सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने सडक अवरुद्ध भएको छ । हेटौँडा–फाखेल–दक्षिणकाली काठमाडौँ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा आज बिहान ९ः ३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।


















