बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमाली गाउँपालिका बाढी पहिरो पीडित घरपरिवार राहत वितरण


बाजुरा , साउन ३१ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं ५ बाढी पहिरोमा परेका १३ घरपरिवार राहत वितरण गरिएको छ । गोलि ११ घर र बिउरी २ घर सहित १३ घर पुर्ण क्षति भएका घरहरूलाई खाद्यान्न र भाडाकुडा दिएको छ ।
प्रत्येक परिवारलाई चामम १ कट्टा, १ त्रिपाल, १ डेक, १ बाल्टिन , १ थाली र डाडु पन्यौ सामाग्री हिमाली गाउँपालिकाले तत्काल सहयोग गरिएको हिमाली गाउँपालिका -५ का वडा अध्यक्ष प्रदिप थापाले बताउनुभयो ।
जग्गामा लगाएको अन्नबाली विवरण एकिन भएको छैन । त्यसको तत्काल के कति जग्गा जमीन र बाली क्षति विवरणका लागि डाटा संकलन गर्नका तयारी भएको अध्यक्ष थापाले बताएका छन ।
हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकाला सार्की , प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा सहित स्थलगत बाढी पहिरो अनुगमन गरेर गाउँपालिकाबाट सकिने सहयोग खाद्यान्न, भाडाकुडा र त्रिपाल सहित राहत वितरण गरिएको स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले बताउनुभयो ।
साउन २८ गते साझको समय एक्कसी आएको हिमाली गाउँपालिका -१ बिच्छ्यामा बाढी पहिरोले क्षति पुर्याएको १३ घर पुर्ण क्षति ग्रस्त घरपरिवार राहत हस्तान्तरण गरिएको छ । तत्कालीन केही खान बस्न समस्या परेका बाढी पहिरोमा परेका पीडितलाई घरहरूलाई हिमाली गाउँपालिकाले सहयोग गरिएको छ ।
<span;>























