पकेट क्षेत्रमा आलु उत्पादन घट्यो

रासस
२०८२ साउन ३० | मध्यान्ह ०१:०४ बजे

म्याग्दी । आलु उत्पादनको पकेट क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगी, राम्चे, काफलडाँडामा आलु उत्पादन घटेको छ । उत्पादन घटेपछि माग धान्न गाह्रो भएको छ । चिसो हावापानीमा उत्पादन हुने यहाँको आलु स्वादिलो र पौष्टिक हुने भएकाले सहरी क्षेत्रमा माग राम्रो छ ।
‘गाउँका अधिकांशले व्यावसायिक आलुखेती गर्दै आएका छन्, अघिल्लो वर्ष आलु बिक्री गरेर रु एक लाखसम्म कमाउने धेरै किसान थिए, यो वर्ष उत्पादन सोचेजस्तो भएको छैन, माग धेरै आएको छ, स्थानीय बजारमै धेरै आलु खपत हुने सम्भावना छ’, उनले भनिन् ।


















