मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्न घरदैलोमा


बाजुरा , साउन २९ । बाजुरा जिल्ला पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका सामाजिक सुरक्षा भत्ता नवीकरण घरदैलोमा गर्ने गरेका छन । हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँमा सामाजिक सुरक्षा भत्ताको नवीकरण घर आगनमा गरेका छन ।
सबै वडामा भत्ताको नवीकरण गर्ने काम भैरहेको छ । अहिले ईन्टरनेट बिना नवीकरण गर्न असजिलो हुँदा पाँडी गाउँमा वाइ-फाइ सेवा नहुदा मोबाइल डाटा तानेर ल्यापटपमा नवीकरण काम गरिएको छ । वडा नम्बर १,२ र ५ का वडा कार्यालय सामाजिक सुरक्षा भत्ताको नवीकरण भैरहेको छ ।
वडा नम्बर ४ , ५ र ६ को धिम गाउँ सकिएर पाँडी गाउँमा भत्ताको नवीकरण काम चलिरहेको छ । यहाँ सकिने बित्तिकै हिमाली गाउँपालिका – ३ बौडी , युना र गुम्बा गाउँमा नवीकरण गर्ने हिमाली गाउँपालिका पञ्जिकरण शाखा प्रमुख नन्दराज पाण्डेले बताएका छ्न ।
वडा कार्यालयबाट टाढा रहेकोे पाँडी टोलको घरदैलोमा भत्ताको नवीकरण गर्न पाउदा खुशी भएका छौँ । घरको आगनमा आएर कर्मचारीले नवीकरण गर्दा धेरै राम्रो लागेको पाटकला रोकायाले बताउछिन् ।
सामाजिक सुरक्षा भत्ता खाने मान्छेलाई पाउने सेवा सुबिधा पहिलो घरमा आएर दिने गर्थे । अहिले पैसा खर्च गरेर बैंक पुग्नुपर्ने हुन्छ । पैसा हुने गाडीमा र पैसा नहुने हिडेर भत्ता ल्याउन जानुपर्ने स्थिति रहेकोे छ । सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्न गाउँमा कर्मचारी आएर काम गर्दा यहाँका अपांग र वृद्ध खुशी भएका अमलाल लवारले बताएका छन ।
अहिले हिमाली गाउँपालिकाबाट पाउने अपांग ग र घ वर्गलाई सेवा सुबिधा र पालिका भित्रका ६५ वर्षभन्दा माथि ६८ वर्षभन्दा मुनिका वृद्धहरुलाई गाउँपालिकाले पाउने नियम अनुसार सेवा घरमा गएर दिने गरेको हिमाली गाउँपालिका सहायक लेखापाल जयप्रकाश पाण्डेले बताएका छन ।
बिरामी भएर पालिकामा निवेदन दिइए अनुसार गाउँपालिका निर्णय बमोजिम छुट्याइएको पैसा सबै वडाका गाउँ टोल तथा घरदैलोमा गएर पैसा वितरण गरिएको पाण्डेले बताए ।























