अर्थ, दुबई यूएई, देश, धर्म–संस्कृति/रीतिथिति, प्रबास, बिश्व, विश्व

नेपाल आदिवासी जनजाति महासंघ युएईले ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस कार्यक्रम र १०औं महाधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ|

कबिराज राजबंशी
२०८२ साउन २८ | मध्यान्ह १०:०४ बजे

IMG 20250810 152630

कविराज राजबंशी प्रवास यूएई

आईतबार २० जुलाई २०२५ को दिन यूनाइटेड अरब इमिरेट्सको प्रसिद्ध  शहर वर दुवईको  “गाउँबेसी रेस्टरेन्टमा” नेपाल आदिवासी जनजाति महासंघ युएईको १० औं महाधवेशन बिहान १०:०० वजे बाट सुरू भएको थियो। उक्त महाधिवेशन कार्यक्रम औपचारीक तर्फ नेफ़िन् महा -सचिव धन कृष्ण किराँती ज्युले सञ्चालन गरेका थिए। सभा अध्यक्षको रूपमा नेफ़ीन अध्यक्ष बिक्रम लिम्बू ज्यू आसिन हुनु भनेको थियो।

IMG 20250810 145654

कार्यक्रमा प्रमुख अतिथिको रुपमा आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक तथा नेपाली समाज युएईको बरिष्ट उपाध्यक्ष समेत रहनुभएका टंक थापा मगर ज्यू  यसैगरी बिशेस अतिथीहरुमा नेफीन संरक्षक प्रमोद श्रेष्ठ ज्यू, नेफ़िन् प्रमुख सल्लाकारहरू सनील घिसिङ ज्यू, डम्वर लिम्बू ज्यू, कुमार बलामी मगर ज्यू, बुद्धि मेवाहाङ राई ज्यू, तमु समाज युएई अध्यक्ष इन्द्र तमु ज्यू, नेपाल मगर संघ साखा अध्यक्ष नयन धर्ती मगर ज्यू, एकीकृत अध्यक्ष तामाङ्ग समाज डिल्लीराम तामाङ्ग ज्यू, किराँत राई यायोक्खा यूएइ अध्यक्ष राज संगम राई ज्यू, किराँत याक्थुङ चुम्लुङ अध्यक्ष कमल लावती ज्यु, नेवा पुच यूएई अध्यक्ष वीरेन्द्र नकर्मी ज्यू, शेर्पा किदुग अध्यक्ष निमा शेर्पा ज्यु, थारु कल्याणकारिणी सभा अध्यक्ष भागीरथी कुमार भगत ज्यु, प्रवासी भुजेल समाज सेवा समिति यूएई अध्यक्ष तुल घर्ती ज्यू, सुनुवार सेवा समाज युएईका अध्यक्ष नरबहादुर सुनुवार ज्यू, एकिकृत राजवंशी समाज युएई अध्यक्ष डुबल राजवंशी ज्यू, राजवंशी एकता अभियान संयोजक कविराज राजवंशी ज्यू,  कुमाल समाज अध्यक्ष राजु कुमाल ज्यू, फोनिज यूएई अध्यक्ष फलेन्द्र मगर ज्यू, वाईफिन अध्यक्ष दीपक मगर ज्यू लगायत अन्य जातीय संस्था तथा युएईमा क्रियाशील संघ संस्थाहरुको प्रमूख तथा उपप्रमुख  ज्यूहरूको बाक्लो उपस्थिति रहेको थियो।

IMG 20250810 145611

 

 कार्यक्रको सुरुमा नेपालको राष्ट्र गान् “सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली”  सँगै आदिवासी राष्ट्रिय गानमा सम्पुर्ण अतिथिवर्ग तथा उपस्थित महानुभावहरु सरिक हुनु भनेको थियो। भने त्यस पश्चात नेफ़िनको  कोषध्यक्ष सुरेन तामाङ्ग, सकोषाध्यक्ष भीमा लिम्बू  र सकोषाध्यक्ष भुमी ईधिङ्गो लिम्बू यम्भामी ज्युले २०२३-२०२५ कार्यकालको लेखा जोखा आर्थिक प्रतिवेदन सार्बजनिक गरेका थिए| जसमा कुल आय तर्फ २४,२५७.७३/- दिराम मा कुल व्याय ११,२१७.७४/- दिराम घटाई  बाकी नगद १३,०३९.९९/- दिराम  संस्थाले नाफा कमाएको कोषध्यक्ष सुरेन तामाङले बताए।

 IMG 20250810 213616

आर्थिक प्रतवेदन सँगै उद्धार तथा राहत कोषको प्रमुख बबिता राष्कोटी मगर ज्युले पनि उद्धार तथा राहत कोषको आय व्यायको प्रतिवेदन सार्बजनिक गरेका थिए। त्यसैगरी उक्त कार्यक्रममा कुमाल समाज अध्यक्ष राजु कुमालले आफ्नो जातीय संस्था कुमाल समाज नेफीनमा आबद्ध हुन् बिनेदन सँगै आफ्नो भनाई राखेका थिए, एकिकृत राजवंशी समाजका अध्यक्ष डुबल राजवंशीले पनि आफ्नो मन्तव्य राखेका थिए। त्यसैगरी नवलपुर टुडे पत्रकार तथा राजवंशी एकता अभियान संयोजक कविराज राजवंशीले पनि महाधिवेशनको सफलताको शूभकामना व्यक्त गर्दै मन्तव्य राखेका थिए| भने उक्त कार्यक्रमको प्रमुख अतिथि टंक थापा मगर ज्यु नेफ़िनको संरक्षक समेत रहनु भएको हुँदा उनले आफ्नो कार्यकालमा भएको कमी कमजोरीहरू केलाउँदै सम्पुर्ण समितीको तर्फबाट क्षमा प्रार्थी भन्दै सम्पुर्ण समितिले राम्रो प्रतिफल संस्थालाई दिइएकोमा सम्पुर्ण समितिलाई विशेष धन्यबाद तथा अगामी २०२५-२०२७ कार्यकालको नयाँ कार्यसमितिलाई अग्रीम शुभकामना दिंदै अफ्नो मनतव्य अन्त गर्नु भएको थियो।

IMG 20250810 145503

उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै सभा अध्यक्ष बिक्रम लिम्बू ज्यूले औपचारीक कार्यक्रम अन्तको घोषणा गरेका थिए। औपचारीक कार्यक्रमको अंत पछि निर्बाचन समिले उमेदवारी दर्ता गर्न संपूर्ण जातिय संस्था प्रमूख तथा पदाधिकारीहरु लाई आवहान गरेको थियो।

निर्बाचन प्रक्रिया सुरु भएको थियो| लगतै नया कार्य समितिको चयन भए पनि अधिकारिक घोषणा आउने ३१ आदिबासी दिबस कार्यक्रममा भएको छ|

नयाँ कार्य समिति २०२५२७ को अध्यक्ष पदमा निर्वाचित भागरथी कुमार भगत “थारु कल्याणकारिणी सभा यूएई” बाट चयन हुनु भनेको छ। त्यसैगरि वरिष्ठ उपाध्यक्ष राजु मिलु गुरुङ ( तमु समाज, युएई),  उपाध्यक्ष धनकृष्ण राई, शम्भु वाइवा तामाङ र बुद्ध बहादुर तामाङ, महिला उपाध्यक्ष शिला राना मगर, महासचिव मनिषा लिम्बु, सचिव देव ब. घर्ती, सहकोषाध्यक्ष रमानन्द चौधरी, महिला विभाग प्रमुख सबिना चाम्लिङ राई, प्रवक्ता काजल तामाङ, सांस्कृतिक विभाग प्रमुख प्रदीप पुन मगर, जनसम्पर्क सचिव देवी माया सुनुवार, राहत तथा उद्धार कोष संयोजक, बबिता रास्कोटी मगर, सदस्यहरु रिमिका सुनुवार, प्रेम . मगर र सुस्मिता तमुस्यो आदि रहेका छन्  |

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मिति १० अगस्त, २०२५ दिन दुबईको प्रस्सिद्ध सहर बर दुबईको SK7 रेस्टुरेन्ट हालमा बिशेस कर्यक्रम गरि भब्यताको सात सम्पन्न भएको छ|

IMG 20250810 145602

उक्त कार्यक्रमको प्रमुख अतिथि दुबईका नेपाल उपमहाबाणिज्य दुत कृष्ण प्रसाद चापागाई र सभा अध्यक्षको रुपमा nefin यूएईका अध्यक्ष बिक्रम लिम्बु ज्यूले गर्नु भएको थियो| त्यसैगरीबिशेस अतिथिहरु: NRNA NCC UAE अध्यक्ष विकास साही, नेपाल जनप्रगतिशील मन्च यूएई अध्यक्ष लक्ष्मण खनाल, नवलपुर टुडे पत्रकार कविराज राजबंशी, सुनसरी समाज राहत कोष प्रमुख प्रविन बराइली, फोनिज पत्रकार फलेन्द्र मागर, लगयत अन्य क्रियाशील सघं सस्था प्रमुखहरु, जातीय सस्था प्रमुखहरु तथा पार्सद सदस्यहरु गरि करिब ४०० जनाको बाक्लो उपस्थिति रहेको थियो| कार्यक्रम सन्चालन NEFIN UAE महासचिब D.K किरातीले गरेका थिए भने सभाअध्यक्ष बिक्रम लिम्बुको मन्तब्य बाट औपचारिक कार्यक्रमकको अंत भएको थियो|

   IMG 20250810 152516 BURST094 scaled

उक्त कार्यक्रममा सस्थामा बिशेस योगदान दिएका सदस्यहरुलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो| द्विप प्रजल्लन गरी सुरु गरेको कार्यक्रममा ११ ओटा जातीय सस्थाको स्टल रहेको थियो जसमा हरेक जात जतिको आ आफ्नो भेष भूसा सहित, बाजागाजा, पौराणिक बस्तुकला, मौलिक खाने परिकारहरु सजाएको थियो| कार्यक्रममा बिशेस गरि जातीय झाकी प्रदर्सनी तथा सास्कृतिक नृत्यले नेपालको जस्तो माहोल बनाएको थियो| त्यहाँ उपस्थित सम्पुर्णले  हरेक जतिको मौलिक खाने कुरा खाई नेपालको अनेक थरिको स्वाद एकै छाना मुनि पाएर रमाएका थिए| सास्कृतिक कार्यक्रम NEFIN UAE का सास्कृतिक बिभाग प्रमुख सिला राना मगरको संचालनमा सम्पन्न भएको थियो|  हरेक बर्ष आदिबासी दिवसको बिशेस समारोहमा  MR./MISS INDIGENOUS चयन गर्ने नियम रहेको छ| जसमा यस बर्ष MR. INDIGENOUS थारु कल्यानाकरिणी सभा यूएईका किसन लाल चौधरी र MISS. INDIGENOUS सुनुवार सेवा समाज यूएईका देवी माया सुनुवारले उपाधि हासिल गरेका थिए|

 

 

 

कमेन्टहरु