घटना, बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमालीको बिच्छ्यामा बाढी पहिरोले भौतिक क्षति

उमेश रोकाया
२०८२ साउन २८ | मध्यान्ह ०७:०४ बजे

बाजुरा, साउन २८ । बाजुरा जिल्ला हिमाली गाउँपालिका – १ बिच्छ्यामा बाढी पहिरो आएको छ । बुधबार साझ ७ बजे एक्कासि बिच्छ्या खोला पानी बढेपछि छन्चलाल थापाको घर पुर्ण क्षति र सब्बले थापा घर भत्किएको छ ।
बिच्छ्या माध्यमिक विधालयको पर्खाल भत्किएको र बिछ्छ्या झुलेङ्गे पुल आदा भासिएकाको हिमाली गाउँपालिका १ का वडा अध्यक्ष जोख्या भण्डारीले बताएका छ्न । मानवीय क्षति अहिलेसम्म केही नभएको अध्यक्षले बताए ।























