देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रबास, बिश्व, मनोरन्जन, विश्व

दुवईमा पनि जनै पूर्णिमा तथा रक्षा बन्धन कार्यक्रम वैदिक विधि द्वारा सम्पन्न

कबिराज राजबंशी
२०८२ साउन २७ | मध्यान्ह ०१:०४ बजे

IMG 20250811 WA0089

 

कविराज राजवंशी प्रवास दुवई यूएई

श्रीवैष्णव परिषद् युएई द्वारा अगस्ट ९, शनिबारका दिन युएईस्थित वर दुबईमा रहेको सिल्भर स्पुन रेस्टुरेन्ट हलमा रक्षा बन्धन तथा जनै पूर्णिमा कार्यक्रम वैदिक विधिद्वारा, उल्लेख्य भक्तजनहरूको उपस्थितिमा, भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा नेपाली महावाणिज्यदूतावास दुवईका महावाणिज्यदूत श्री हरिप्रसाद ओडारी तथा धर्मपत्नी श्रीमती चन्द्रा प्रसाईं, साथै उपमहावाणिज्यदूत श्री कृष्ण प्रसाद चापागाईं ज्यूको विशेष उपस्थिति रहेको थियो।

त्यस्तै, नेपाली समाज युएई एवम् नवलपुर सेवा समाजका प्रमुख सल्लाहकार, वेद प्र. अर्याल ज्यू ,नेपाली समाज युएईका विभिन्न पदाधिकारी, एनआरएनए यूएईका अध्यक्ष, उपाध्यक्ष तथा प्रवक्तालगायत दर्जनौँ संघसंस्थाका प्रतिनिधि तथा सामाजिक, राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रह्यो। यसले कार्यक्रमलाई अझै उल्लासमय र विशेष बनाएको थियो। “यस् कार्यक्रमको मिडिया पाट्नर नवलपुर टुडेले कार्यक्रमको बारेमा आर्टिकल लेखी हरेक जनमानसमा पुर्याउन सहयोग गरेको थियो”।

IMG 20250811 WA0086

परिषद् प्रमुख सल्लाहकार, धार्मिक अभियन्ता तथा राप्रपा केन्द्रीय सदस्य श्री तोयानाथ लम्सालज्यूले युएईमा रहेका सामाजिक संघ–संस्थाका प्रमुख व्यक्तित्वहरूको सहभागिताले परिषद्को प्रत्येक धार्मिक कार्यक्रममा समाजलाई आध्यात्मिक भावतर्फ अगाडि बढाएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो। साथै, अध्यक्ष श्री मणिराम खतिवडाज्यूको अध्यक्षतामा आगामी दिनहरूमा पनि यस्तै आध्यात्मिक तथा धार्मिक कार्य निरन्तर गर्दै युएईमा नेपालीहरूलाई आध्यात्मिकता मार्फत एकताको सूत्रमा बाध्न सकियोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

नवलपुर सेवा समाज युएईका अध्यक्ष तथा धार्मिक अभियन्ता गोपाल प्रसाद पराजुलीले वेदमा उल्लिखित धर्मशास्त्रका सूत्रहरूलाई अवलम्बन गर्दै, प्रवासी भूमिमा रहेर पनि आफ्नो सनातन संस्कारलाई नबिर्सी संरक्षण र प्रवर्धन गर्नुपर्ने मूल सन्देश दिनुभयो। उहाँले प्रवासी भूमिमा देखाइएको धार्मिक–सांस्कृतिक चासोप्रति हृदयदेखि नै खुशी व्यक्त गर्नुभयो।

IMG 20250811 WA0087

श्री वैष्णव परिषद् युएई स्थापना भएदेखि नै युएईमा वैदिक मन्त्रद्वारा जनै धारण, पूजन तथा अन्य धार्मिक विधिहरूको निरन्तरता दिइँदै आएको छ। यस पटक पनि प्रतिष्ठित पण्डितज्यूहरूको सानिध्यमा मन्त्रपाठ, पूजन र अन्य कर्मकाण्डहरू सम्पन्न गरियो।

प्रवासी नेपाली एकता समाज युएईका अध्यक्ष निराजन खत्री , एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाही, उपाध्यक्ष भीम मल्ल, प्रवक्ता रुद्र थापा लगायत अन्य व्यक्तित्वहरूले आफ्नो मन्तव्यमा, प्रवासी भूमिमा नेपालीत्व र धार्मिक–सांस्कृतिक पहिचानको संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै अध्यक्ष श्री मणिराम खतिवडा प्रति खुशी हर्ष व्यक्त गर्नुभयो। जनै लगाउने कार्यक्रम बिहान ९ बजे सुरु भई साँझ ९ बजेसम्म निरन्तर चल्यो। भक्तजनहरूको सक्रिय सहभागितासहित, जनै धारणका लागि पण्डित श्री प्रदीप दाहाल र गणेश जोशीको विशेष उपस्थिति रहयो।

IMG 20250811 WA0084

 

दुबईका सफल व्यवसायी तथा परिषद् राष्ट्रिय समिति सदस्य जे. सागरज्यूले परिषद्को वर्तमान अध्यक्ष श्री मणिराम खतिवडाको कार्यकालमा धार्मिक कार्यक्रमको स्तर र दायरा दुवै बढेको र यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यस्ता कार्यक्रमहरूमा सधैं साथ र समर्थन रहने प्रतिबद्धता जनाउनुभयो।

यस अवसरमा नेपाली समाज युएईका पुर्ब अध्यक्ष कृष्ण बहादुर ढकाल , गोबिन्द ढकाल, बिजनेस काउन्सिल युएईका कोषाध्यक्ष तथा नमस्ते ट्राभलका सञ्चालक यकेन्द्र थापा, साथै फिस्टेल ट्राभलका सञ्चालक ठाकुर ढुङ्गानाको पनि विशेष उपस्थिति रह्यो।

अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष जेपी पोखरेलले प्रवासी भूमिमा यसरी जनै माला बनाएर मन्त्रपाठसहित कार्यक्रम सम्पन्न भएको देख्दा अध्यक्ष श्री मणिराम खतिवडाको योगदान प्रति खुसी व्यक्त गर्नुभयो।

भक्तजनहरूको उपस्थिति दिनभरि बाक्लो रह्यो, जसको संख्या अनुमानित ४०० जना सम्म पुग्यो। कार्यक्रमको वातावरणमा धार्मिक व्यक्तित्वहरूको उपस्थितिले अलौकिक ऊर्जा र उल्लास थपेको अनुभव गरियो।

IMG 20250811 WA0084

यस अवसरमा नवलपुर सेवा समाज युएईको चौथो कार्यसमितिका सदस्यहरूले मण्डप सजावटदेखि अन्तिम कार्यक्रमसम्म सक्रिय रूपमा साथ र सहयोग पुर्‍याएका थिए। विभिन्न संघसंस्थाहरूको उपस्थिति र सहयोगप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दै अध्यक्ष मणिप्रसाद खतिवडाले प्रशंसा गर्दै आफ्नो खुसी प्रकट गर्नुभयो।

धर्म, संस्कार र संस्कृतिप्रतिको सबैको यस्तो चासो देख्दा श्री वैष्णव परिषद् युएईका महासचिव प्रदीप दाहालज्यूले पनि गहिरो सन्तोष व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक गणेश जोशीज्यूले प्रवासमा रहेर पनि आफ्नो धर्म–संस्कृतिप्रतिको माया कायम राख्दै भक्तजनहरूको उल्लेख्य सहभागिताले आफू र श्रीवैष्णव परिषद् युएई अत्यन्त खुशी भएको बताउनुभयो।

IMG 20250811 WA0088

त्यस्तै, संस्थापक उपाध्यक्ष श्रीमती अञ्जली भट्टराईज्यूले प्रसादी व्यवस्था लगायत अन्य सम्पूर्ण कामहरू व्यवस्थित गर्दै धार्मिक अनुष्ठानलाई अझ सुचारु र भव्य बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै ठिक ९ बजे राती कार्यक्रम सम्पन्न भयो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कमेन्टहरु