अपराध

आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ

नवलपुर टुडे
२०८२ साउन २५ | मध्यान्ह ०२:०४ बजे

काठमाडौँ । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। शव जलाउने जिम्मेवारीमा रहेका एक ब्राम्हणमाथि मृतकका आफन्तको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ प्रहरी परिसरका अुनसार प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ । मलामीले दिएको निवेदनका आधारमा शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । उनलाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान थालिएको छ।

काभ्रेको बनेपाका राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरीले शुक्रबार नै उक्त शव दहन गर्ने घाटे ढकाललाई पक्राउ गरेर हिरासतमा राखेको हो । यद्यपि, बेचबिखन भएको पुष्टि हुने प्रमाण भने हालसम्म नखुलेको प्रहरीले जनाएको छ।

 

कमेन्टहरु