कृष्णनगरबाट लागुऔषधसहित एक जना पक्राउ

कपिलवस्तु, कृष्णनगर साउन २४ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका- २ फेम्ली क्लिनीक अगाडीबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले विहिवार बेलुका आठ बजे तिर संकास्पद अबस्थामा हिडिरहेका कृष्णानगर नगरपालिका- २ शंकरनगर बस्ने वर्ष ४६ का दीप नारायण कुर्मीलाई पक्राउ गरेको हो ।
उनलाई शंका लागी चेकजाँच गर्दा निजले साथमा लुकाइ छिपाई राखेको ३ वटा प्लास्टिकमा रहेको ६५ वटा पुडीया फेला पारी तौल गर्दा शुद्ध तौल २ ग्राम ८० मिली ग्राम लागुऔषध (खैरो हिरोईन) जस्तो देखिने धुलो पदार्थ र ३०,०००।– (तिस हजार) नेपाली रुपैयासहित फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चौधरीलाई कपिलवस्तु जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रितेन्द्र कुमार सिंहले जानकारी दिएका छन्।























