धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

पाँडी गाउँमा साउनपूर्णि मेला देउडा खेल भव्य हुने

उमेश रोकाया
२०८२ साउन २१ | मध्यान्ह ०४:०४ बजे

‎बाजुरा , साउन २१ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका  – ६ स्थित पाँडी गाउँको साउनपूर्णिमा पुजा संगै देउडा खेल भव्य हुने भएको छ ।

‎साउन २४ गते देखि २६ गतेसम्म मनाईने स्थानीय पर्व साउनपूर्णिमा पुजा तथा देउडा खेल भव्य रूपमा मनाइने भएको छ । सोही मेलामा सम्पूर्ण देउडा खेलाडीहरु, जात्रुहरु र देउडा पारखीहरुको उपस्थितीको लागि निमन्त्रणा गरिएको साउनपूर्णि मेला व्यवस्थापन समिति अध्यक्ष रत्न थापाले बताएका छ्न ।

‎श्रावण २४ गते दिनमा कुल देवता ईस्यामी पुजापाट गरिने साथै त्यो दिनमा गाउँ भन्दा बाहिर जात्रुहरु भेला हुने गरिन्छ । श्रावण २५ र २६ गते दिनामा चर्चित देउडा खेलाडी जुम्लाकि सपना शाही सहित बाजुरा, मुगु र हुम्लाका देउडा खेलाडीहरु देउडा प्रतियोगिता गरिने भएको छ ।

साउन २६ गते साझ देउडा खेल प्रतिस्पर्धात्मक संगै पुरुष तथा महिला देउडा खेलाडीहरुलाई पुरस्कार तथा समापन कार्यक्रम गरिने भएको साउनपूर्णि मेला व्यवस्थापन समिति सचिव केश बहादुर रोकायाले बताएका छन ।

पाँडी गाउँमा पुर्खा देखि मनाइदै आएको प्रत्येक वर्षको एकपटक साउन तथा भदौ महिनामा पर्ने जनैपूणिर्मा अवसरमा साउनपूर्णि मेला मनाउने गरेका छन । उक्त मेला भव्य रूपमा मनाउन स्थानीय संगै जात्रुहरुको हातेमालो रहनेछ ।

अहिले गाउँमा मदिरा सेवा बन्द गरिएको हुँदा मदिरा खाने र खुवाउने व्यक्तिलाई गाउँको नियम अनुसार जानुपर्ने छ । भने नियम विपरीत कार्य कोही कसैले गरेको पाइयोमा कानुनी कार्वाही अगाडि बढाइने भएको साउनपूर्णि मेला व्यवस्थापन समितिले जनाएको छ ।

कमेन्टहरु