देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, प्रबास, बिश्व, मनोरन्जन
दुवईमा सैनामैना सेवा समाजको तीज कार्यक्रममा खुमन अधिकारी र मञ्जु भट्टराईको बेजोड प्रस्तुति


कविराज राजवंशी प्रवास दुबई युएई
युएईमा चेलिबेटीलाई माइतिको झझल्को आउने गरी सैनामैना सेवा समाजले ०३ अगस्त २०२५ आईतबार दुबईको बर दुबई सहरको SK7 रेस्टुरेन्ट हलमा बृहत् तिज कार्यक्रम सम्पन्न गरेको छ|

हाम्री आमाले सुकाएको बिस्कुन, भंगेरी चरीले मैदानमा लरिलरर… नेपाली मौलिक तिज गित गुन्जिएपछि सारी मा सझिएका चेलिहरूका मुहारमा उत्साह देखिएकोथियो| जुलाइ अगस्तको गर्मिको प्रवाह नगरी छमछमि नाचिरहेका चेलिहरू रमाइलो गरिरहेका थिए| परदेशमा घरदेशको झल्को दिनेगरी, सैनामैना सेवा समाज युएईले तीज कार्यक्रम गरेको हो। चर्चित लोक गायक खुमन अधिकारीको मौलिक तिज गीत एक टुक्का गाउनासाथ खचाखच भरिएका हल एकाएक, गुन्जियो। परदेशमा रहेका चेलिबेटी दिदिबहिनीहरू माइतिको सम्झनामा रमाइरहे| बिगतका बर्षमा जस्तै सैनामैना सेवा समाज युएईले हिन्दु नारीहरूको महान पर्व हरितालिका तिजको अबसर पारी गरिब एबं बिपन्न बिधार्थिहरूको सहयोगका लागि उक्त “तिज कार्यक्रम” सम्पन्न गरेको हो । तिज कार्यक्रममा सहभागी दर्शकहरूलाइ नेपालबाट आमन्त्रित कलाकारहरू लोक गायक खुमन अधिकारी र गायिका मंजु भट्टराईले भरपुर मनोरञ्जन दिए। तिजको झल्को मेटिनेगरी खुमन अधिकारिको मौलिक गितमा दर्शक झुमिरहे । परदेशको कामका थकानपनि कलाकारको प्रस्तुतिले दर्शकलाइ राहात् दिएको अनुभुती देखिन्थ्यो।

सैनामैना सेवा समाज युएईका अध्यक्ष बिष्णु प्रसाद पन्थिको अध्यक्षता एबं गैर आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले, सैनामैना समाजले परदेशका दिदिबहिनीहरूलाइ घर गाउको याद मेटाउने गरि कार्यक्रम गरेकोमा प्रशंसा गरे। उनले भने: “रोजगारीका लागि हामी बिदेशमा छौ, आफ्नो कला र संस्कृतिको प्रबर्द्धन गर्न सैनामैनाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाछ”। पछिल्लो समयमा, समाजले विभिन्न अवसर पारी सामाजिक कामहरूमा सकृय भइरहेको छ! “ढू्ंगानाले, आफ्नो कला र संस्कृतिलाई भुल्न नहुने बताउदै हामी रहेको देशको कानुन र यहाँको रहनसहनमा समेत ध्यान दिन आग्रह गरे, साथै युएई रोजगारीका सुरक्षित गन्तव्य मुलुक हो, यहाको कानुनि व्यबस्था र युएई सरकारको नियमहरू समेत मान्नुपर्छ”। ढुंगानाले, एनआरएनए, नेपालीहरूको साझा संस्था भएको बताउदै, नेपालीहरूको दुख- सुखमा साथ रहने उल्लेख गरे।

कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान लगायत एनआरएनए एनसीसी युएईका अध्यक्ष बिकाश शाहि बोल्दै, सैनामैना सेवा समाजले गरिरहेको सामाजिक कामलाइ निरन्तरता दिन आग्रह समेत गरे। उनिहरूले, कुनैपनि नेपालीहरूको समस्यामा समाजसंग समन्वय गरी अघि बढ्न सकिने बताए। सो अवसरमा बोल्दै कार्यक्रम संयोजक युबराज भट्टराईले, सैनामैना समाजले सबै पदाधिकारीहरूको सकृयतामा भव्य कार्यक्रम गर्न सफल भएको उल्लेख गरे । संयोजक भट्टराईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। संस्थाका अध्यक्ष पन्थीले बोल्दै, सैनामैना सेवा समाजले, छोटो समयमा धेरै मानवीय र सामाजिक कामहरू गरेको बारेमा चर्चा गरे। उनले भने: “यूएईमा छोटो समयमा सबैको साथले सामाजिक काममा सैनामैना सेवा समाज अग्रसर भएर अघि बढेको छ, संस्थाले आयोजन गर्ने हरेक कार्यक्रमबाट सामाजिक परोपकारी काम गर्दै आएको उल्लेख गर्दै, उक्त तिज कार्यक्रमबाट संकलित रकमबाट बिपन्न बिधार्थिहरूका लागि अक्षयकोष बनाउँछौ” र सैनामैना सेवा समाजले अघिल्ला बर्षहरूमा पनि तिज कार्यक्रम मार्फत संकलित रकम मार्फत सैनामैनाका सामुदायिक बिधालयमा ३ लाख बराबरको अक्षयकोष स्थापना गरिएकोछ।

सोहि अवसरमा, विभिन्न समयमा संस्थालाई योगदान गरेका पदाधिकारीहरूलाइ समेत सम्मान गरिएको थियो। संस्थाका संरक्षक तथा कार्यक्रम संयोजक युबराज भट्टराई, बरिस्ठ उपाध्यक्ष केशव भट्टराई, केन्द्रीय सदस्य कमला पाण्डे र बिशेस सम्मान वरिष्ठ पत्रकार तथा भिडियोग्रफर लाल बहादुर ढेंगा जी, त्यसैगरी टाइटल इसपोंसर लगायत सहयोगि दाताहरूलाइ समेत दोसल्ला ओढाइ प्रशंसा पत्र सहित सम्मान गरेको थिए।

उक्त कार्यक्रम दुवईको प्रसिद्ध शहर वर दुबई स्थित क्लब एभरेस्टमा भएको थियो। कार्यक्रममा नेपाली समाजमा आबद्ध ६४ बढि संघ- संस्थाका प्रतिनिधि सहित ६०० बढि दर्शकहरूको उपस्थिति रहेको थियो। उपस्थित दर्शकहरूलाइ सांस्कृतिक मनोरन्जन संगै नेपाली मौलिक खाने परिकारहरू समेत व्यबस्था गरेको थियो। कार्यक्रममा, यूएईका स्थानिय कलाकारहरू हरूको पनि बिशेस प्रस्तुती रहेको थियो। जस्तै बिरेन बिसि, बिरू ओली, सुस्मिता रेग्मि, नेप्लिज डान्स ग्रुपको प्रस्तुतिले रौनक थपेको थियो।

कार्यक्रममा संस्थाकि महिला सचिब सुस्मा सुनारको स्वागत मन्तव्य तथा महासचिव सुरेन्द्र परियारको संचालनमा सम्पन्न भएको थियो।























