सुमन कुमार श्रेष्ठको निर्देशनमा गायिका देवी हमालको “किन आउँछ पापी तीज” सार्वजनिक


काठमाडौं । दुई दशक भन्दा बढी सांगितिक, सञ्चार क्षेत्रमा आफ्नो अनुभव संगालेका गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठको निर्देशनमा नारीहरुको पीडा बोकेको मौलिक तीज गीत “किन आउँछ पापी तीज सार्वजनिक भएको छ । गायनसंगै सञ्चार माध्यममा सक्रिय श्रेष्ठले हाल तेजनेपाल मल्टिमिडिया मार्फत विभिन्न किसिमका इभेन्ट सञ्चालनसंगै अडियो भिडियो निर्माण पनि गर्ने गरेको बताए । आफ्नो सम्पुर्ण टिम लगायत दर्शक श्रोतालाई आफुले गरेको काममा हौसला दिएकोमा हृदयदेखी नै हार्दिक धन्यवाद व्यक्त गरे ।
नेपालमै पहिलो पटक दोहोरी सांझ सञ्चालन गर्नुहुने गायिका देवी हमाल स्वयमकै शब्द संगीत रहेको यस गीतमा उनलाई मिना रिसालले स्वरमा साथ दिनु भएको छ । दुई दशक भन्दा बढी निरन्तर सांगितिक यात्रामा समर्पित गायिका देवी हमाल पछिल्लो समय पनि सांगितिक क्षेत्रमा एकदमै सक्रिय हुनुहुन्छ ।
लक्ष्मण अधिकारीको प्रस्तुति रहेको भिडियोमा चर्चित मोडेल सञ्चिता शाही ठकुरीको दमदार अभिनय देख्न सकिन्छ । अभिनयमा उनलाई मनोज विश्वकर्मा, चक्र बहादुर हमाल ठकुरी, तारादेवी ठकुरी, लक्ष्मी के सि लगायात रानु खाड र चेतनशील महिला बिकास समुहको अभिनय र नृत्य देख्न सकिन्छ । भिडियोको सिनेम्याटोग्राफी डिओपी केशब अधिकारी खत्री, सहायक क्यामेराम्यान जयन्द्र कुंवर, सम्पादन प्रेम शर्मा पौडेल, मेकअप सुमन धरानेको रहेको छ । तार्केश्वरको हाम्रो सुटिङ लगायत काठमाडौको रमणीय स्थानमा छांयाकन गरिएको भिडियो देवी हमाल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोलाई सबै हेरिदिन, लाईक सबस्क्राई तथा कमेन्ट शेयर गरिदिन हुन गायिका देवी हमालले सम्पुर्णलाई अग्रह गर्नुभएको छ ।
https://youtu.be/tcSachFpc28?si=wF8eWHUd47m6M68M























